इटहरीमा आगलागी भएको छ । इटहरी ९ ओसियन पार्क नजिकै रहेको प्रमोद मोटर्स ग्यारेजमा आगलागी भएको हो ।
ईलाका प्रहरी कार्यालय इटहरीका अनुसार ग्यारेजमा आगलागी हुँँदा बनाउँन राखेको तीन वटा कार जलेको हो ।
स्थानीय रबीन्द्र खड्काले संचालन गर्दै आएको उक्त ग्यारेजमा आगालागी हुँदा बा २ च ३८७८ नम्बरको, को २ च ८८०३ र को २ झ १४२९ नम्बरको कारमा क्षती भएको छ ।
आगलागी प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको छ । घटना के कारणले भएको भन्ने बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
उदयपुरमा भरुवा बन्दुकसहित एक युवक पक्राउ
उदयपुर : उदयपुरको रौतामाई गाँउपालिका ७ स्थितबाट भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट संगमचोकबाट...
Discussion about this post