इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले प्रधानमन्त्री केपी ओलीलाई जेल हाल्नु पर्ने बताएका छन् ।
बेला-बेला भाईरल भइरहने चौधरीले प्रधानमन्त्री ओलीलाई हत्कडी लगाएर जेल हाल्नु पर्ने बताएका हुन् ।
इटहरीमा अत्यावश्यक सामाग्रीहरुका पसल र बजार क्षेत्र खुकुलो बनाउने बिषयमा इटहरी उपमहानगरपालिकामा उद्योग वाणिज्य संघ सहित सरोकारवालाहरु सहितको बैंठकमा आफ्ना कुरा राख्ने क्रममा उनले सो कुरा बताएका हुन् ।
नागरिकले खान पाउँने मौलिक हकभित्र पर्ने भएकाले लामो समय लकडाउन हुँदा खाना खान नागरिकले बञ्चित भईरहेकाले त्यसको दोष प्रम ओलीले लिनुपर्ने बताए ।
“क्वारेन्टाइनमा बसेका सबैको परीक्षण गर भन्छ सरकार,” उनले आक्रोशको भावमा भने “तर टेष्टका लागि चाहिने किट ७ वटा मात्र पठाउछ ।”
Discussion about this post