सोमबार मध्यरातमा इटहरीको विशेष खबर भन्दै सामाजिक सञ्जाल भरियो ।
सामाजिक सञ्जालमा एक–दुई जनाले मात्रै नभई सयौँको संख्यामा इटहरीबासीले सामाजिक सञ्जालमा स्टाटस लेख्न भ्याए ।
इटहरीको कुरा के हो ?, इटहरीमा हल्ला बढी हुने रहेछ, पत्रकारहरु घटनास्थलमा अलि ढिला पुगेजस्तो छ जस्ता कुरा सामाजिक सञ्जालमा भाइरल भयो ।
इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले समेत फेसबुकमा लेख्न भ्याईन्– नसुन्नुपर्ने कुरा सुन्नुपर्यो सुत्ने बेलामा । हरिबिजोग, सपना हो कि बिपना ?
यी माथि फेसबुकमा लेखिएका केही प्रतिनिधि स्टाटस मात्र हुन् । माथि लेखिएजस्तै सयौँको संख्यामा इटहरीबासीले मात्रै नभई अन्यत्र ठाउँका मानिसहरुले पनि सामाजिक सञ्जालमा यहि कुरालाई आधार मानि स्टाटस लेखेका छन् । कमेन्टमा थुप्रै जिज्ञासा पनि आएका छन् । तर, के बिषय हो भन्ने अहिलेसम्म खुलेको छैन ।
टाकुरान्यूजले यस बिषयमा स्टाटस पोष्ट गर्नेहरुसँग फोन सम्पर्क गरी बुझ्ने प्रयास गरेपनि घटनाबारे तथ्य फेला पर्न सकेको छैन ।
सामाजिक सञ्जालमा यसो लेख्छन् इटहरीबासी–
Discussion about this post