विराटनगरको रानी भन्सार नाकामा भारतबाट खाली आएको एक ट्रकमा एक करोड भन्दा बढी भारतीय रुपैँया सहित दुईजना पक्राउ परेका छन् ।
भारतको सुपौलबाट आएको खाली ट्रकलाई चेकजाँच गर्ने क्रममा एक करोड ९ लाख ७९ हजार ५ सय ३० रुपैँया भारतीय रुपैयाँ सहित दुईजना पक्राउ परेका हुन् । डब्लूबी ७३ ई ७६७५ नम्बरको खाली ट्रक खानतलासी गर्दा कानुर्टभित्र उक्त रकम भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
Discussion about this post