गएरातीदेखि इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीको नामलाई तोकेर सामाजिक सञ्जालमा पोष्ट भएका स्टाटसप्रति कांग्रेस इटहरी नगर समितिले विज्ञप्ती निकालेको छ ।
’हिजो राती इटहरीस्थित बालग्राम आसपास इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीलाई जोडेर भएको भनिएको घटनाप्रति नेपाली कांग्रेस इटहरी उपमहानगर समितिको गम्भीर ध्यानाकर्षण भएको छ,‘ विज्ञप्तीमा भनिएको छ, ’उप–प्रमुख लगायत इटहरीका सरोकारवालाहरुले सामाजिक सञ्जाल मार्फत संकेत गरेको घटना के हो ? घटनामा को संलग्न को को हुन् ?‘
यो पनि – मध्यरातमा इटहरीमा फैलिएको काण्ड के हो ? यस्तो लेख्छन्, इटहरीबासी
नगर सभापति हेमकर्ण पौडेलको हस्ताक्षरमा जारी विज्ञप्तीमा भनिएको छ–’इटहरी नै तरङ्ति हुने गरी इटहरी उपमहानगरपालिकाका प्रमुखलाई जोडेर संकेत गरिएको घटनाको निष्पक्ष छानबिन गरी सत्य, तथ्य व्यहोरा सार्वजनिक गर्दै दोषी उपर कानुन बमोजिम कारबाही गर्न समेत माग गर्दछौँ ।‘
हेर्नुहोस् विज्ञप्ती
Discussion about this post