कोरोना भाइरसको कारण रोजगारीका लागि खाडी मुलुक गएका दुई जना नेपालीको मृत्यु भएको छ ।
साउदी अरबमा इटहरीका लिलामान कटुवालको मृत्यु भएको छ ।
५१ बर्षीय कटवाल एक महिनादेखि कोरोनासंग लडिरहेका थिए ।
त्यस्तै, यूएईमा कार्यरत एक नेपालीको पनि कोरोनाको कारण मृत्यु भएको छ । अर्घाखाँचीका ४७ वर्षीय पुरुषको मृत्यु भएको उनी कार्यरत कम्पनीले जनाएको छ ।
उनी वैशाख ५ गते अस्पताल भर्ना भएका थिए ।
Discussion about this post