हवाइ उडान र सीमा नाका आगामी जेठ १८ गतेसम्म बन्द रहनेछ ।
सीमा नाकामा झनैक कडाइ गरिनेछ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले अन्तर्राष्ट्रीय सीमा नाका र हवाइ उडान जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।
छिमेकी भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका कारण सीमा नाका बन्द गर्ने र थप कडाई गर्ने निर्णय गरिएको हो । हवाइ उडान पनि सोही समयसम्म बन्द रहनेछ ।
Discussion about this post