सुनसरीको तरहरामा एक महिलालाई जंगली हात्तीले आक्रमण गरेको छ ।
इटहरी २० पानीपिया क्षेत्रमा तरहरा बस्ने दुर्गा चौधरीलाई हात्तीले आक्रमण गरेको प्रहरी चौकी तरहराले जनाएको छ ।
निगुरो खोज्ने क्रममा उनलाई हात्तीले आक्रमण गरी घाईते बनाएको प्रहरीले जनाएको छ । उनको उपचारको लागि धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको छ ।
Discussion about this post