लायन्स क्लब अफ तरहराको नयाँ कार्यसमिति चयन भएको छ ।
आज तरहरामा लायन्स क्लब अफ तरहराको २०२०।२१ को नयाँ कार्यसमिति चयन भएको हो ।
नयाँ कार्यसमितिको अध्यक्षमा दुर्गा प्रसाद पौडेल, प्रथम उपाध्यक्षमा सन्तोष श्रेष्ठ, द्धितीय उपाध्यक्षमा शेखर गिरी र तृतीय उपाध्यक्षमा चिन्तामणि सापकोटा चयन भएका छन् ।
त्यस्तै कोषाध्यक्षमा पवन अधिकारी, सचिवमा होमनाथ खड्का चयन भएका छन् ।
प्रबन्धकमा भक्त केसी, जोइन्ट सेक्रेटरी सारदा खड्का र जोइन्ट ट्रेजरमा नमिता खत्री रहेका छन् ।
कार्यक्रममा लायन्स क्लब अफ तरहराका संस्थापक अध्यक्ष मणिराम श्रेष्ठ, १८।१९ का अध्यक्ष पोषराज नेपाल र १९।२० की अध्यक्ष मेनुका गिरीको सहभागिता रहेको थियो ।
Discussion about this post