प्रदेश १ मा कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका १४ जना कोरोना मुक्त भएर घर फर्किएका छन् ।
विराटनगरको कोरोना विशेष अस्पतालबाट शुक्रबार ८ जना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका हुन् ।
पछिल्लो ३ पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएकाले ८ जनालाई डिस्चार्ज गरिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यसअघि कोरोना संक्रमण पुष्टि भएका ६ जना बुधबार डिस्चार्ज भएका थिए ।
Discussion about this post