Wednesday, August 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध अन्तर्वार्ता

पार्टीमा काम गर्ने पदले भन्दा पनि दृढता र इच्छा शक्तिले हो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २०, २०७६
in अन्तर्वार्ता, समाचार
0
पार्टीमा काम गर्ने पदले भन्दा पनि दृढता र इच्छा शक्तिले हो
696
SHARES
Share on FacebookShare on Twitter

इटहरीलाई केन्द्रबिन्दू बनाएर बिगत १० बर्षदेखि नेपाल कम्युनिस्ट पार्टी तत्कालिन नेकपा माओबादी केन्द्रबाट (वाइसियल) बाट राजनीतिमा सक्रिय नवीन तामाङ युबाहरु माझ लोकप्रिय नेता मानिन्छन् । उनी तत्कालिन माओबादी केन्द्र वाइसियलको इटरी उप–महानगरपालिकाका पूर्व अध्यक्ष पनि हुन् । २०५० सालमा सुनसरीको बराहक्षेत्रमा जन्मिएको तामाङ २०६६ सालबाट पुर्णकालिन राजनीती सुरु गरेका हुन् । उनको राजनीतिक जीवन, ब्यवसायिक यात्रा, राजनीतिक सक्रियता, संगठानिक भूमिका लगायत बिषयमा केन्द्रीत रहेर तामाङसँग टाकुरान्यूजका लागि मनोज निरौलाले गरेको कुराकानीको संक्षिप्त अंश –

अहिले के मा ब्यस्त हुनुहुन्छ ?

अहिले म खास भन्नु पर्दा पार्टी एकतालाई ग्रामीण स्तरमा र इटहरीमा युवाहरुलाई मजबुत र सक्रिय बनाएर लाग्ने भन्ने बिषयमा केन्द्रीत छु । यो सँगै आफ्नै ब्यवसायमा पनि अहिले अलिअली ब्यस्तता छ । ब्यबसायमा ब्यस्त भन्नुभयो ।

तपाईँ राजनीति गर्ने मान्छे ब्यवसायका बारेमा केही बताउनुहोस न ?

मेरो अध्ययन र पारिवारिक ब्यबसायिक पृष्ठभूमिका आधारले स्थानीय स्तरमा विभिन्न बिकास निर्माणका काममा सघाउने गर्छु । म र मेरा केही साथीहरु मिलेर हामी (नमु निर्माण सेवा) भन्ने कम्पनी केही समयदेखि सन्चालन गरिरहेका छौं । म लगायत मेरा अनन्य मित्रहरु साजन राई, नवीन चौधरी र दाइ मन कुमार राई मिलेर उक्त कम्पनी सञ्चालन गरिहरेको अवस्था छ । यसैमा अलिअली ब्यस्त रहिन्छ ।

तपाईको बुझाइमा संगठित पार्टीका युवाहरुको राष्ट्र निर्माणमा कस्तो भुमिका हुनुपर्छ ?

सर्बप्रथम त राष्ट्र निर्माणमा युवाहरुको नै ठूलो भूमिका रहन्छ । युवाले नै राष्ट्र निर्माणमा सहयोग गर्ने हो । सरकारलाई सघाउने हो । पहिलो कुरा त युवामा सक्षमता र नेतृत्वदायी भूमिका जरुरी हुन्छ । त्यसका लागि पार्टी कमिटिले केन्द्र स्तर, प्रदेश स्तर र स्थानीय स्तर सबै क्षेत्रबाट युवाको नेतृत्व क्षमता अभिबृद्धिको लागि विभिन्न किसिमका रचनात्मक कार्यक्रम गर्न जरुरी रहेको छ । युवा भनेको त्यो शक्ति हो जस्ले संयमताको बाँध टेकेर खरो पथ्थर पनि पग्लाउन सक्छ । विभिन्न नयाँ कन्सेप्टले नयाँ र रचनात्मक काम गर्ने क्षमता र जोस पनि युवामै हुन्छ । हाम्रो पार्टीले पनि सहायक भूमिकामा युवालाई नै अगाडि सारेको छ । एक अर्थमा भन्नु पर्दा युवामा परिबर्तनका लागि नयाँ रचनात्मक काम गर्ने इच्छाशक्ति र जोस सधैं नै रहन्छ । त्यसैले राजनीतिक पार्टीको मात्र नभएर सम्पुर्ण युवाहरुको राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका रहन्छ ।

समग्र रुपमा भन्नुपर्दा तपाईँको बुझाईमा युवामा रहेका खास सम्स्याहरु के हुन् ?

आजका बिध्यार्थी भोलिका कर्णधार हुन् भन्ने एउटा नेपाली उखान छ । त्यस्तै, हिजोका बिध्यार्थी आजका युवा र आजका बिध्यार्थी भोलिका युवा हुन् । यस अर्थमा भन्नुपर्दा शिक्षा क्षेत्रमा भएको बिकृती र बिसङ्गतिका कुराहरु आउंछन् । हाम्रो अहिले सम्मको शिक्षा प्रणालीले बिध्यार्थीलाई रचनात्मक र प्राक्टिकल शिक्षा दिनै नसकेको अबस्था छ । एउटा गरीब परिवारको क्षमता भएको बिध्यार्थी आर्थिक समस्याको कारण कहिल्यै डाक्टर र इन्जिनियर बन्नै सक्दैन । हाम्रो शैक्षिक प्रणाली नै अलिक फितलो भएको पनि हो । त्यसलाई ब्यबस्थापन गर्न सरकारले विभिन्न कार्यक्रमहरु गरेपनि त्यसले सफलता पाएको देखिदैँन। अर्कोतर्फ हामीले समाजमा भएका अनाथ, असहाय बालबालिकालाई ब्यबस्थापन गर्न नसक्नु पनि अर्को समस्या हो । आज भोक तिर्खा र समाजको हेपार्इ खपेका ती सडक बालबालिका भोलिका दिनमा समाजको दुश्मन भएर निक्लने कुरामा दुर्इमत रहन्न । आज विभिन्न तवरले चोरी, डकैती , हिंशा र पैसाको प्रलोभनमा अपराधिक गतिबिधी गर्ने अधिकांश ब्यक्तिहरु हिजोका त्यही सडकका बालबालिका हुन् भन्ने मेरो बुझाई छ । यो कुरालाई हामीले अब पनि ब्यबस्थापन गर्न सकेनौं भने भोलि पनि हामीले यो स्थिती भोग्नु पर्ने देखिन्छ । युवाको खास समस्या भनेको चैं आफ्नो अध्ययन अनुसारको काम र जागिर नपाएर बिदेश पलायन हुनुपर्ने बाध्यात्मक परिस्थिती पनि हो ।

नेकपा इटहरी नगर समिती चयन हुंदा तपाईं लगायत केही युबाहरुलाई नेतृत्वले जानिजानि बाईपास गरेको भन्ने कुरा पनि आएको थियो नि ?

केही समय अगाडि सम्म पार्टीमा केही कमी कमजोरिहरु रहेका थिए । अब हामी पार्टी एकताको दौरानमा निकै अघि बढिसकेका छौं । अब बितेका कुरालाई खण्डन गर्नुभन्दा पनि हामी पार्टीको सर्कुलर अनुसार पार्टीलाई सक्षम र अझ बलियो कसरी बनाउँने भन्ने तिर हामी केन्द्रीत छौं । अर्को कुरा पार्टीमा काम गर्ने पदले भन्दा पनि दृढता र इच्छा शक्तिले हो । यो कुरालाई मध्यनजर गरेरै अगाडि बढ्नुपर्ने दिन आएको छ।

अन्त्यमा मैले प्रश्न गर्न छुटाएका र तपाईँलाई भन्नै मन लागेका केही कुरा छन ?

सर्बप्रथम मेरो कुराहरु राख्ने अवसर प्रदान गर्नुभएकोमा टाकुरान्यूज टिमप्रति कृतज्ञ छु । हामी पार्टी एकता र नेपाल कम्युनिस्ट पार्टीलाई अझ भब्य बनाउँनका लागि ग्रामीण स्तरबाट विभिन्न रचनात्मक कार्यक्रमहरु आयोजना गर्ने योजनामा छौं । अरु चैं अब बोल्ने भन्दा पनि काम गरेर देखाउने समे हो ।

Tags: टाकुरा न्यूज
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

जनता माविलाई भाडा नबुझाएपछि रास्वपा कोसी प्रदेशका महामन्त्रीलाई जिम्मेवारीबाट हटाइयो
FEATURE BREAKING

सुनसरी घटनामा सांसद लालविक्रम थापाको भूमिकामाथि प्रश्न, छानबिन समितिको अनुसन्धान सिफारिस

by टाकुरा न्यूज । इटहरी
भदौ २, २०८३
0

इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडप स्थानीय विवादको परिणाम नभएको स्थलगत अध्ययन प्रतिवेदनले देखाएको छ। विवाद चर्किँदै जाँदा...

सर्पको टोकाइबाट एक महिलाको मृत्यु
FEATURE BREAKING

बिरालोले ल्याएको सर्प घरबाट निकाल्न खोज्दा युवतीलाई डस्यो, घरेलु उपचारमै ज्यान गयो

by टाकुरा न्यूज । इटहरी
भदौ २, २०८३
0

ताप्लेजुङ : घरभित्र बिरालोले ल्याएको सर्प निकाल्ने क्रममा ताप्लेजुङमा एक युवतीको ज्यान गएको छ। फुङलिङ नगरपालिका–९ सिद्धिडाँडाकी १९ वर्षीया युना...

३३ किलोमिटर सडक, ३४ वर्षको कथा : अझै हिलोमै दमक–चिसोपानी यात्रा

३३ किलोमिटर सडक, ३४ वर्षको कथा : अझै हिलोमै दमक–चिसोपानी यात्रा

भदौ २, २०८३
रोटरी क्लबद्धारा इटहरीमा बालबालिकाको आँखा परीक्षण अभियान सुरु

रोटरी क्लबद्धारा इटहरीमा बालबालिकाको आँखा परीक्षण अभियान सुरु

भदौ २, २०८३

इलामको काइलाटारमा पुल बनेपछि आवतजावत सहज

भदौ २, २०८३
मूल्य र माग बढेपछि सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

मूल्य र माग बढेपछि सुनसरीमा जुटखेतीतर्फ किसानको आकर्षण

भदौ २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

जनता माविलाई भाडा नबुझाएपछि रास्वपा कोसी प्रदेशका महामन्त्रीलाई जिम्मेवारीबाट हटाइयो

सुनसरी घटनामा सांसद लालविक्रम थापाको भूमिकामाथि प्रश्न, छानबिन समितिको अनुसन्धान सिफारिस

भदौ २, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

बिरालोले ल्याएको सर्प घरबाट निकाल्न खोज्दा युवतीलाई डस्यो, घरेलु उपचारमै ज्यान गयो

भदौ २, २०८३
३३ किलोमिटर सडक, ३४ वर्षको कथा : अझै हिलोमै दमक–चिसोपानी यात्रा

३३ किलोमिटर सडक, ३४ वर्षको कथा : अझै हिलोमै दमक–चिसोपानी यात्रा

भदौ २, २०८३
रोटरी क्लबद्धारा इटहरीमा बालबालिकाको आँखा परीक्षण अभियान सुरु

रोटरी क्लबद्धारा इटहरीमा बालबालिकाको आँखा परीक्षण अभियान सुरु

भदौ २, २०८३



लाेकप्रिय

  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    639 shares
    Share 256 Tweet 160
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    457 shares
    Share 183 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    311 shares
    Share 124 Tweet 78
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    304 shares
    Share 122 Tweet 76

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.