इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले फोन गरेर श्रीमतीलाई अपशब्द प्रयोग गर्नुका साथै अपहरण गर्ने धम्की दिएपछि इटहरीका ताराप्रसाद पोख्रेलले जिल्ला प्रशासन कार्यालय सुनसरीमा शान्ति सुरक्षाको माग गर्दै उजुरी गरेका छन् ।
पोख्रेलले आइतवार प्रमुख जिल्ला अधिकारी राजेश पौडेल सामु निवेदन पेश गरि शान्ति सुरक्षाको माग गरेका हुन् । उनले शान्ति सुरक्षाको अभाव भएकाले शान्ति सुरक्षाको माग गर्दै उजुरी गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले र्इलाका प्रहरी कार्यालय इटहरीलाई पत्र लेखि मेयर चौधरी र पोख्रेललाई झिकाई छलफल गराउन निर्देशन दिएको छ ।
यो पनि
Discussion about this post