नेपाली सेनाले मोरङको मिक्लाजुङ गाउँपालिका–४ टाँडीबाट क्वारेन्टाइन सारेर सुन्दरहरैँचा नगरपालिकाको गोठगाउँस्थित पूर्वाञ्चल विश्व विद्यालयबाट सोमबारदेखि सञ्चालन गर्न थालेको छ ।
सेनाको सूर्यदल गणले प्रभावकारी तरिका र दीर्घकालिन हिसाबले लामो समयसम्म चलाउन टाँडीबाट उठाएर क्वारेन्टाइन गोठगाउँ सारेको हो । सेनाको क्वारेन्टाइन अन्य भन्दा निक्कै सुविधा सम्पन्न र व्यवस्थित मानिन्छ ।
सूर्य दल गणका प्रमुख सेनानी रघु पौडेलले टाँडीमा टेन्ट टाँगेर अस्थायी हिसाबले बनाइएको क्वारेन्टाइन गोठगाउँ सारेर विश्व विद्यालयको संचरनाबाट सञ्चालन गर्न थालिएको जानकारी दिए ।
Discussion about this post