नेपाली भू–भाग अतिक्रमण गरेर भारतले सडक निर्माण गरेको विषयमा धरान आज गरिएको प्रर्दशनका क्रममा पक्राउ गरिएका विद्यार्थी नेताहरुलाई प्रहरीले छाडेको छ ।
महेन्द्र बहुमुखी क्याम्पस धरानका नेविसंघ र स्वतन्त्र नागरिकको तर्फबाट गरिएको विरोध र्याली प्रदर्शन गरेका थिए ।
प्रहरीले नेविसंघका कार्यवाहक सभापति दोर्ची शेर्पा, जिल्ला सचिव टेकेन्द्र राई, जिल्ला सदस्य विमल बुढाथोकी, नेविसंघ इकाई सचिव तथा स्वावियु सदस्य रोशन चोम्वाङ, नेविसंघ क्षेत्रीय सचिव विनोद आले मगर, नेविसंघ उपसभापति अजय लिम्बु, अजित लिम्बु, इकाइ सदस्य उत्तम राई र हातीसार क्याम्पसका उपसभापति कृष्ण बड्डुलाई प्रहरीले पक्राउ गरेको थियो ।
Discussion about this post