राष्ट्रिय युवा संघ धरानले कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत नेपाली भूमी भारतले अतिक्रमण गरेको भन्दै धरानको भानु चौकमा शान्तिपुर्ण बिरोध जनाएको छ ।
पछिल्लो पटक भारतले नेपालको भूमी हुँदै चीन जोड्ने सडक निर्माण गरेर उद्घाटन गरेपछि संसददेखि सडकसम्म चर्को विरोध भइरहेको छ । यसअघि, चीन र भारतबीच लिपुलेक नाकाबारे द्धिपक्षीय सम्झौता भएको थियो । लिपुलेक नेपालको सिमाना भएपनि भारत र चीनले नेपालसँग कुनै छलफल वा सम्झौतामा सहभागीता जनाएको थिएन ।
विरोध कार्यक्रममा युवाहरुले भारतसँगै चीनले पनि नेपाली भूमीमाथि हस्तक्षेपकारी भूमिका खेलेको भन्दै चीनविरुद्ध पनि नारा लगाएका थिए ।
नेकपा सुनसरी जिल्ला सचिवालय सदस्य पुर्ण बहादुर भुजेलले छिमेकी मुलुक भारतले भुकम्पको बेला पनि नाकाबन्दी लगाएर दुःख बताउँदै अहिले पनि कोरोनाको यस्तो महामारीको बेला सीमा अतिक्रमण गरेकोले सांकेतिक विरोध जनाएको बताए ।
नेकपाका धरान नगर कमिटीका सचिवलय सदस्य तथा युबा संघ सुनसरी संयोजक भुवन याख्खाले त्रीदेशीय समझदारिले हल हुनुपर्ने कुरा भएपनी भारतले नेपालको सीमा मिचेको सह्य नहुने तर्क गरे ।
Discussion about this post