Monday, July 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

विद्यालयको सहयोगको लागि भन्दै अवैध भर्ना शुल्क उठाउँदै जनता मा.वि

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख ३१, २०७७
in टाकुरा विशेष, विविध, समाचार
0
विद्यालयको सहयोगको लागि भन्दै अवैध भर्ना शुल्क उठाउँदै जनता मा.वि
1.7k
SHARES
Share on FacebookShare on Twitter

इटहरीस्थित जनता माध्यमिक विद्यालयले लकडाउनको समयमा ‘अवैध’ भर्ना शुल्क उठाएको छ । ‘विद्यालयको सहयोगको लागि’ भन्दै अभिभावकहरुबाट स्कुलको नाममा रहेको बैङ्क खातामा रकम जम्मा गर्न नैतिक दबाब दिँदै शुल्क उठाएको हो ।

विद्यालयले शैक्षिक सत्र २०७७ को प्रवेश परीक्षाको लागि आवेदन फारम भरेका विद्यार्थीबाट जनही १९ हजार ७५० को दरले शुल्क उठाएको पाइएको छ ।

विद्यालयले यो रकम जम्मा गरेपछि सिधै विद्यार्थीको भर्ना भएको जनाउ दिने गरेको छ । हालसम्म करिब १ सय भन्दा बढी सय विद्यार्थीले यसरी नै राष्ट्रिय वाणिज्य बैङ्क इटहरीको २५५०००१२१३०१ खातामा रकम सङ्कलन गरिसकेका छन् ।

सामुदायिक विद्यालय अन्तर्गत यसरी १ देखि कक्षा १० सम्म कुनै शुल्क नलिइ विद्यार्थी पढाउनु पर्ने नियम छ । तर, विद्यालयले अभिभावकहरुलाई सिधै फोन गरेर रकम जम्मा गर्न दबाब दिएको आरोप छ ।

राष्ट्रिय बाणिज्य बैंकको खातामा जम्मा गरिएको भौचर ।

लकडाउनको कहरमा विद्यालय खोल्ने टुङ्गो नहुँदै जनता मा.बिले अवैध रकम उठाएको भन्दै अभिभावकहरु स्वयम बिरोधमा उत्रिएका छन् ।

लकडाउनको समयमा विद्यालयबाट रकम जम्मा गर्न भनियो, पैसा थिएन ऋण गरेर जम्मा गरेको खनारका एक अभिभावक बताउँछन् ।

‘दुई पटक विद्यालयबाट कल आयो’ उनले टाकुरान्यूजसँग भने ‘पैसा छिटो जम्मा गर्नुहोला नत्र सिट सकिँदै छ’ भनेपछि ऋण काडेर रकम जम्मा गरे ।” यस्तो विषम परिस्थितिमा रकम जम्मा गर्न नैतिक दबाब दिएर हामी दु:खी गरिबलाई विद्यालयले अन्याय गरेको उनी बताउँछन् ।
विद्यालयका प्रअ छत्रपति ढुङ्गेलले आफ्नो निजी फेसबुकमा समेत लेखेर आवेदन फारम भरेका विद्यार्थीलाई तुरुन्त सम्पर्क गर्नु भनेका छन् ।

पछि फोन गर्ने सबै विद्यार्थीलाई ढुङ्गेलले बैङ्कको खाता नम्बर टिपाउँदै रकम जम्मा गर्न भनेका छन् । उनले रकम जम्मा गर्दा भौचरमा विद्यालयलाई सहयोग भनेर लेख्न समेत फोनमा सिकाएका छन् । रकम जम्मा गरेपछि इटहरीको मकालु पुस्तकमा गएर पुस्तक समेत किन्न ढुङ्गेलले फोनमा भनेका छन् ।
यता विद्यालयमा अध्ययनरत केही विद्यार्थीका अभिभावकहरुले यस्तो परिस्थितिमा रकम जम्मा गर्न दिएको दबाबको विरोध गरेका छन् ।
सरकारले पनि लकडाउन नखुलुन्जेलसम्म शैक्षिक गतिविधि नगर्न भनिरहेको अवस्थामा विद्यालयको यस्तो अवैध गतिविधिले विद्यालयको स्तर गिरेको बताउँछन् ।

यो प्रतिकूल अवस्थामा विद्यालयमा जम्मा गरेको रकम तुरुन्त सम्बन्धित अभिभावकलाई फिर्ता दिन आग्रह गरेका छन् ।

मन्त्रालयको निर्णयलाई चुनौती

वैशाख २२ गते मात्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको सूचनामा पनि स्पष्ट रूपमा निजी तथा सामुदायिक विद्यालयमा शैक्षिक गतिविधि नगर्न नगराउन सूचित गरेको थियो ।

सूचनाको पहिलो बुँदामा लेखिएको छ – हाल सबै विद्यालयको भर्ना तथा पठनपाठन स्थगित गरेको हुँदा यस सम्बन्धमा नेपाल सरकारबाट अर्को निर्णय नभएसम्म कुनै पनि बिद्यायले कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना नगर्नु, नगराउनु हुनका साथै भर्नाको नाममा कुनै किसिमको शुल्क लिने, अनलाइन पठन पाठनको नाममा शुल्क लिने वा बैङ्क खातामा रकम जम्मा गर्न लगाउने जस्ता कार्यहरू नगर्नु, नगराउनु हुन सूचित गरिन्छ ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ताद्वारा हस्ताक्षरित सूचनाको आदेश जनता माबिले ठाडै उल्लङ्घन गरेको छ ।

खुसीले सहयोग गरेका हुन् : प्रअ

इटहरी ९ मा रहेको जनता माबिका प्रअ छत्रपति ढुङ्गेलले स्वेछिक तवरबाट अभिभावकहरुले विद्यालयलाई सहयोग गरेको प्रतिक्रिया दिए ।

‘विद्यालय सहयोगको लागि हामीले पहिले पनि मागेका हौ, हामीले अग्रेजी माध्यमको पनि पढाइ संञ्चान गरेको छौ । त्यसको लागि सहयोग दिएका हुन् । शुल्क भनेर हामीले कदापि मागेका छैनौ’ ।

ढुङ्गेल भन्छन् ‘धेरै अभिभावकको इच्छा अनुसार अग्रेजी माध्यममा लैजाँदा कोठा थप गर्नुपर्ने, शिक्षक ल्याउनु पर्ने अनि विद्यालयको व्यवस्थापन गर्नु परेको कारण सहयोग प्राप्त भएको हो’ ।

मन्त्रालयको निर्णय नमानेको प्रसङ्गमा प्रअ ढुङ्गेलले विद्यालय बनाउँदा सरकारबाट प्राप्त हुने सहयोग रकम निकासा नहुँदा अभिभावकसँग सहयोग मागेको स्पष्ट पारे ।
‘हामीले कसैलाई दबाब दिएका छैनौँ’ उनले भने ‘स्वेछिक सहयोग रकम बैङ्कमा जम्मा भएको हो’ ।
जम्मा भएको रकम पारदर्शी रूपमा विद्यालयको भवन निर्माण र शिक्षाको गुणस्तरमा खर्च गरिने उनको तर्क छ ।

उपमहानगर अनभिज्ञ

जनता उच्च माबिले रकम उठाएको विषयमा इटहरी उपमहानगर अनभिज्ञ देखिएको छ । उपमहानगरको शिक्षा शाखा प्रमुख अम्बिका साहले यो विषयमा आफूलाई कुनै जानकारी नभएको बताइन् ।

‘लकडाउनमा मन्त्रालयको निर्देशन अनुसार शैक्षिक गतिविधि गर्न नपाइने हो’ उनले भनिन् ‘यदि जनता स्कुलले रकम उठाएको हो भने कारबार्हीको हकदार हुनेछ’ ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उवासंघ इटहरी : अध्यक्षकी उम्मेदवार कटवाल भन्छिन्, ‘व्यवसायीको समस्यामा अभिभावकत्व निर्वाह गर्छु’
FEATURE BREAKING

उवासंघ इटहरीमा पहिलोपटक महिला नेतृत्व, अध्यक्षमा गायत्री विजयी

by टाकुरा न्यूज । इटहरी
असार २८, २०८३
0

इटहरी : उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको अध्यक्षमा गायत्री कटवाल भण्डारी निर्वाचित भएकी छन्। शनिबार भएको निर्वाचनको अन्तिम मतपरिणाम आइतबार...

उवासंघ इटहरी निर्वाचन : महिलातर्फ मीना र सुमित्रा निर्वाचित
FEATURE BREAKING

उवासंघ इटहरी निर्वाचन : महिलातर्फ मीना र सुमित्रा निर्वाचित

by टाकुरा न्यूज । इटहरी
असार २८, २०८३
0

इटहरी : उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनअन्तर्गत मतगणना जारी रहेको छ। पछिल्लो मतपरिणामअनुसार...

मनमोहन विश्वविद्यालयद्वारा औषधि विज्ञानमा ‘एमफार्म’ कार्यक्रम सञ्चालनको तयारी

मनमोहन विश्वविद्यालयद्वारा औषधि विज्ञानमा ‘एमफार्म’ कार्यक्रम सञ्चालनको तयारी

असार २८, २०८३
उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

असार २८, २०८३
विराटनगरमा कटुवा पेस्तोल र गाँजासहित एक जना पक्राउ

विराटनगरमा कटुवा पेस्तोल र गाँजासहित एक जना पक्राउ

असार २८, २०८३
रुद्राक्षको राजधानी दिङ्ला बजार

रुद्राक्षको राजधानी दिङ्ला बजार

असार २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उवासंघ इटहरी : अध्यक्षकी उम्मेदवार कटवाल भन्छिन्, ‘व्यवसायीको समस्यामा अभिभावकत्व निर्वाह गर्छु’

उवासंघ इटहरीमा पहिलोपटक महिला नेतृत्व, अध्यक्षमा गायत्री विजयी

असार २८, २०८३
उवासंघ इटहरी निर्वाचन : महिलातर्फ मीना र सुमित्रा निर्वाचित

उवासंघ इटहरी निर्वाचन : महिलातर्फ मीना र सुमित्रा निर्वाचित

असार २८, २०८३
मनमोहन विश्वविद्यालयद्वारा औषधि विज्ञानमा ‘एमफार्म’ कार्यक्रम सञ्चालनको तयारी

मनमोहन विश्वविद्यालयद्वारा औषधि विज्ञानमा ‘एमफार्म’ कार्यक्रम सञ्चालनको तयारी

असार २८, २०८३
उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

असार २८, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    765 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    597 shares
    Share 239 Tweet 149
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    414 shares
    Share 166 Tweet 104
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    404 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    385 shares
    Share 154 Tweet 96

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.