प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इटहरीमा पुत्ला दहन गरिएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ सुनसरीले इटहरीमा ओली र मोदीको पुत्ला दहन गरेको हो । नेपालको जग्गा भारतीय भू–माफियाहरुले अतिक्रमण गरेको भन्दै नेविसंघले सरकारविरुद्ध चर्को नाराबाजी पनि गरेका थिए ।
नेविसंघ सुनसरीका सभापति मन्दिप भट्टराईले भारतले आफ्नो नक्सामा समावेश गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता नलिएसम्म आँफूहरुको आन्दोलन जारी रहने बताए ।
विरोध कार्यक्रममा नेविसंघ सुनसरीका उपसभापतिहरु विक्रम घिमिरे, सुवेक्छु देवान, बुद्धहाङ लिम्बु लगायतले चर्को नारबाजी गरेका थिए ।
Discussion about this post