इटहरी ९ मा रहेको जनता माध्यमिक विद्यालयले लकडाउनको समयमा ‘अवैध’ भर्ना शुल्क उठाएको आएको समाचार बाहिरिएपछि इटहरी कांग्रेसले यो बिषयमा चासो देखाएको छ ।
‘विद्यालयको सहयोगको लागि’ भन्दै अभिभावकहरुबाट स्कुलको नाममा रहेको बैङ्क खातामा रकम जम्मा गर्न नैतिक दबाब दिँदै शुल्क उठाउन थालेको समाचार टाकुरा न्यूजमा आएको थियो ।
सोही बिषयमा नेपाली कांग्रेस इटहरीका नगर सभापति हेमकर्ण पौडेलको हस्ताक्षरमा एक विज्ञप्ती जारी गरिएको छ ।
जनता माविको मनपरी विरुद्द इटहरी उपमहानगरपालिका नबोलेको विज्ञप्तीमा उल्लेख गरिएको छ । पटक–पटक विवादमा मुछिने गरेका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका काशिनाथ दंगालले देश बिषम् परिस्थितिमा रहँदा पनि अभिभावकसँग पैसा असुल्नु अस्वभाविक रहेको कांग्रेसको ठहर छ ।
यो पनि – विद्यालयको सहयोगको लागि भन्दै अवैध भर्ना शुल्क उठाउँदै जनता मा.वि
Discussion about this post