इटहरी : नेपाली कांग्रेस निकट युथ कंग्रेस नेपाल सुनसरीको संयोजकमा मात्रिकाप्रसाद नेपाल नियुक्त भएका छन् ।
युथ कंग्रेसको केन्द्रीय विधान र निर्णय अनुसार सुनसरी संयोजकमा नेपाल र सचिवमा निमेष घिमिरे नियुक्त भएका हुन् ।
राष्ट्रिय संयोजक सचिन तिमल्सेनाले नेपाल र घिमिरेलाई संयोजक र सचिव नियुक्त गरेका हुन् ।
युथ कंग्रेसले केही दिनअघि नेपाली कांग्रेसका युवा नेता तथा अर्थविद् डा. स्वर्णिम वाग्लेसँग समसामयिक राजनीतिको विषयमा संवाद गरेको थियो ।














Discussion about this post