इटहरीको वेदान्त अस्पताल हस्पिटलले लकडाउनको समयमा पनि २४ सै घण्टा सेवा दिदैँ आएको छ ।
हस्पिटल सञ्चालक इन्द्र श्रेष्ठका अनुसार जस्तोसुकै परिस्थितिमा पनि नागरिकलाई स्वास्थ्य सेवा दिने र दैनिक सेवा फिजिसियन, हाड जोर्नी तथा नशा रोग, छाला तथा योन रोग, स्त्री तथा प्रसुती रोग, बाल तथा शिशु रोग, भिडियो एक्स रे, २४ सै घन्टा इमर्जेन्सी, फार्मेसी, डिजिटल एक्सरे, प्लास्टर ,माइनर ओ टि, ल्याब सेवा सञ्चालनमा रहेको छ ।
उनले मानविय सेवामा आफ्नो अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र प्रशासन तर्फका कर्मचारीहरु २४ सै घण्टा उपस्थित रहेको बताए ।
साथै कोरोना भाइरसबाट बच्नका लागि निम्न उपायहरु पनि अपनाउनुपर्ने सुझाव दिईएको छ ।
–फेस मास्क अनिवार्य रुपमा लगाइदिनु होला।
–घरभित्र पस्नु र निस्कनु अगाडि अनिवार्य साबुन पानीले हात धुनु र बच्चाको धोइदिनु होला।
–कम्तिमा २ मिटरको भौतिक दूरी कायम राखिदिनु होला ।
–१ जना मात्र अभिभावक आकस्मिक जाँच कक्षमा बसिदिनु होला।
Discussion about this post