प्रदेश नं १ सभाका सांसदहरुले कोरोना भाइरस संक्रमण परीक्षणका लागि स्वाब संकलन गराउन थालेका छन् ।
प्रदेश सभा सचिवालयको आग्रहमा प्रदेश नं १ समाजिक बिकास मन्त्रालय मातहतका प्राबिधिकहरुबाट आजदेखि प्रदेश सांसदहरुले कोरोना परीक्षण गराउन थ्रोट स्वाब संकलन गराउन थालेका हुन् ।
शुक्रबार र शनिवार दुई दिन प्रदेश सभाका सभामुख, उपसभामुख, सबै सांसदहरु, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार र चालकहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिने प्रदेशसभा सचिवालयका प्रबक्त्ता राजाराम दाहालले जानकारी दिए ।
Discussion about this post