इटहरी २ का कोरोना संक्रमित युवकको रिपोर्ट अहिलेसम्म नआउँदा यहाँका बासिन्दा चिन्तित छन् ।
पीसीआर टेष्ट भएको चारदिन बितिसक्दा पनि रिपोर्ट नआएपछि यहाँका बासिन्दाहरु चिन्तित बनेका हुन् ।
इटहरी अस्पतालका इमरजेन्सी इन्चार्ज रामकुमार धमलाका अनुसार इटहरीका कोरोना संक्रमित युवकका आफन्तहरुको रिपोर्ट भोलि आउँन सक्छ । ल्याबमा स्वाब संकलन धेरै भएका कारण रिपोर्ट आउँन ढिला भएको उनको भनाई छ ।
उनले भने, ल्याबमा स्वाब धेरै भएका कारण रिपोर्ट आउँन केही दिन ढिला भएको हो, इटहरीमा त्यस्तो जटिल केस कुनै पनि छैन ।
उनका अनुसार इटहरीमा अहिलेसम्म कुनै पनि जटिल केस भने छैन ।
इटहरी २ का कोरोना संक्रमित युवाको आफन्त तथा छरछिमेक गरी २० जनाको स्वाब परीक्षण गरिएको थियो ।
Discussion about this post