काठमाडौंको सानोभर्याङ्गमा रहेको स्वस्ति श्री गुरुकुल स्कूलले नेपाल मेडिकल एशोसियसनलाई एक सय थान ज्याकेट वितरण गरेको छ ।
नोबेल कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा खटिने चिकित्सकहरुलाई लकडाउनका बेला आवतजावत र पहिचानमा सहज होस् भन्नका लागि ज्याकेट उपलब्ध गराइएको स्वस्तिश्री गुरुकुल स्कूलका डा.लुःज मानन्धरले बताए । उनले एशोसियसनका महासचिव डाक्टर बद्री रिजाललाई ज्याकेट हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा डा. प्रदीप कोइराला, डा. विकास केसी, अस्पताल व्यवस्थापक उमेश खत्री लगायतको सहभागी रहेको थियो ।
Discussion about this post