उदयपुरमा धारिलो हतियार प्रहार गरी एकजनाले श्रीमतीको हत्या गरेका छन् ।
रौतामाई गाउँपालिका – ८ झिरुडाँडामा स्थानीय ५२ बर्षीय बिष्णु तामाङले मादक पर्दाथ सेवन गरी ४३ बर्षीया श्रीमती नेप्टिमाया भन्ने दिलमाया तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
हत्यामा संलग्न रहेका बिष्णुलाई नियन्त्रमा लिइ थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।
Discussion about this post