नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले इलाममा पीपीइ तथा माक्स वितरण गरेको छ।
महासङ्घका १ नं प्रदेश कमिटी संयोजक बिसन शाक्य, कोषाध्यक्ष रुद्र बहादुर विश्वकर्मा र सदस्य सुदन शाक्यले संयुक्त रूपमा इलामका सीडीओ तुलसी राम सेढाइ र सशस्त्र प्रहरी उपरीक्षक रोशन श्रेष्ठलाई ५ हजार थान माक्स र २० थान पीपीई हस्तान्तरण गरेका हुन्।
जिल्लाका सरकारी अस्पताल र स्वास्थ्य चौकीहरूमा अग्रभागमा रहेर उपचारमा खटिने चिकित्सकहरूलाई उक्त सामग्री प्रदान गर्ने सीडीओ सेढाईले बताए।
उनले नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घलाई पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट पीपीइ र माक्स सहयोग गरेकोमा धन्यबाद समेत व्यक्त गरे।
Discussion about this post