इटहरीका कोरोना संक्रमित १९ बर्षीय किशोरको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।
गत जेठ ६ गते इटहरी २ का किशाेरमा कोरोना संक्रमण देखिएको थियो ।
इटहरी अस्पतालका इन्चार्ज रामकुमार धमलाका अनुसार उनको हाल काेभिड अस्पताल विराटनगरमा उपचार भईरहेकाे छ ।
उनको स्वास्थ्य अवस्था सामान्य रहेकाे र पछिकाे पहिलाे पिसिअार टेष्टकाे लागि पठाईएकाे तर रिपोर्ट अाउन बाँकी रहेको छ ।
उनकाे फाेक्साे सम्वन्धि लगायतकाे जाँचहरु पनि गरिएको र सवै रिपोर्ट नेगेटिभ र नर्मल अाएमा चाँडै डिस्चार्ज गरिने वताईएकाे छ ।
Discussion about this post