विभिन्न स्थानीय तहमा प्राप्त स्वास्थ्य सामग्री नहुँदा कोरोना परीक्षण तथा सुरक्षामा समस्या देखिएको छ ।
यही समस्यालाई मध्यनजर गर्दै काठमाडौंबाट उदयपुर जिल्लाका चौदण्डीगढि र त्रियुगा नगरपालिकाका लागि स्वास्थ्य सामग्रीको व्यवस्थापन मिलाइएको छ ।
पालिकाहरुलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) लगाएतका स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।
सुरक्षा सामग्री बिना स्वास्थ्यकर्मीले काम गरिरहेका बेला मिर्मिरे युवा समाज सिनामंगल काठमाडौंले गाउँपालिकालाई ४० सेट पीपीई ६० लिटर ह्याण्ड्वास ४५ लिटर स्यानीटाईजर ४ हजार मास्क ४ हजार पन्जा प्रदान गरेको हो ।
पालिकाहरुमा रहेका स्वास्थ्य चौकीहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई वितरण गर्ने गरी पीपीई सेट लगायत स्वास्थ्य सामग्री प्रदान गरिएको समाजका अध्यक्ष दिनेश बिक्रम शाहले बताए।
कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएको शाहले बताए ।
पीपीई सहित अन्य स्वास्थ सामग्रीहरु चौदण्डीगढी नगरपालिका उदयपुरका नगर प्रमुख खगेन्द्र राई उपप्रमुख रीता कुमारी चौधरी, स्वास्थ उप-संयोजक तेज बहादुर पोखरेल र स्थानिय समाजसेवीहरुको सहभागीतामा स्वास्थ सामग्री हस्तान्तरण गरिएको थियो।
Discussion about this post