उदयपुरको बेलका नगरपालिका – ८ सेतीखोलामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
आज भीमफेदीबाट सेतीखोला तर्फ जाँदै गरेको को २ त ९१५२ नम्बरको ट्याक्टर आँफै अनियन्त्रीत भई दुर्घटना हुँदा सोही ट्याक्टरमा सवार रहेका बेलका नगरपालिका – ८ का ३१ बर्षीय ईन्द्र बहादुर राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
Discussion about this post