द योङ ब्रदर क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ८७ पिन्ट रगत संकलन भएको छ ।
इटहरी उपमहानगरपालिका परिसरमा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा ८७ पिन्ट रगत संकलन भएको संस्थाका अध्यक्ष विकास केसीले बताए ।
उनका अनुसार उक्त संस्थाले विभिन्न सामाजिक काम गर्दै आएको छ । अहिले लकडाउनका कारण रगत अभाव भएकाले रक्तदान कार्यक्रम आयोजना गरिएको केसीले बताए ।
कार्यक्रममा नेविसंघका सभापति राजीब ढुंगाना प्रमुख अतिथि रहेका थिए । उनी सहित सामाजिक अगुुवाहरुले रक्तदान गरेका थिए ।
द योङ ब्रदर क्लब, एकीकृत कल्याण फाउन्डेशन नेपाल र एकजुट युवा क्लबको संयुक्त आयोजना उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
एनआरएन अस्ट्रेलियाका कर्म लामा लगायतले कार्यक्रममा सहयोग गरेको एकीकृत कल्याण फाउन्डेशन नेपालका अध्यक्ष श्याम घिमिरेले बताए ।
Discussion about this post