विराटनगरको जोगवनी नाका हुँदै भारतबाट नेपाल आउँने र नेपालबाट भारत जाने करिब चार हजार जनालाई दुई साताको अवधिमा उद्धार गरिएको छ ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि दुवै मुलुकमा लकडाउन जारी रहेसँगै विभिन्न कामका सिलसिलामा नेपालबाट भारत गएका र भारतबाट नेपाल आएकाहरु समस्यामा परेका थिए । दुवै मुलुकले जेठ दोस्रो सातबाट आफ्ना नागरिकको उद्धार गर्न थालेका हुन् ।
त्यस क्रममा भारतमा अलपत्र रहेकाहरु जेठ १३ गतेदेखि जोगवनी नाका हुँदै नेपाल भित्रन थालेका थिए । नेपालमा रहेका भारतीयहरु जेठ १४ बाट आफ्नो मुलुक फर्कन थालेका हुन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार लकडाउनसँगै दुवैतर्फ फसेकाहरुलाई उद्धार गर्ने क्रममा नेपालबाट भारततर्फ जानेको सर्वसाधारणको संख्या धेरै रहेको छ ।
हालसम्म विराटनगरको एकीकृत जाँच चौकीबाट भारततर्फ दुई हजार दुई सय ७० जना सर्वसाधारणलाई पठाएको छ । जसमा एक हजार आठ सय तीन जना पुरुष र चार सय ६७ महिला रहेको राईले बताए ।
Discussion about this post