इटहरी : प्रख्यात गायिका, आध्यात्मिक व्यक्ति तथा सामाजिक अभियन्ता आनी छोइङ डोल्माले तीतो चीजले नै जीवनमा मीठो हुने बताएकी छिन् ।
तरहरा जेसीजले आयोजना गरेको भर्चुअल कार्यक्रममा आनीले आफ्नो भविष्यमा तीतो अनुभव भएको भएपनि जीवनमा मीठो चीज बनाइदिएको तर्क गरिन् ।
आध्यात्मिक हुनु धार्मिक हुनैपर्छ भन्ने हैन, उनले आफ्नो अनुभव सुनाईन्, हामी सबैले जीवनमा चाहने भनेको सुख नै हो । सुखी जीवन आनन्द भएमा हुने उनले बताईन् । आफ्नो विगतमा नराम्रो लागेको चीजले नै सुखको कारण बन्न पुग्यो, उनले भनिन्, तीतो चीजले जिन्दगी मीठो बनाईदियो । उनले आफूँलाई आफ्ट्यारो परेको समयमा गुरुलाई सम्झने गरेको उदृत गर्दै सकारात्मक चिन्तन गर्नका लागि आह्वान गरिन् ।
सकारात्मक चिन्तन गरेमा हामीले चाहेको सुख हाँसिल हुन्छ, उनले भनिन्, हामीले चाहेको सुखको उपलब्धि अध्यात्म पनि हो । उनले मानिसको सोच र व्यवहारले नै सुख पाउँने तर्क गरिन् । रिस, क्रोध र अहंकारले नकारात्मकतर्फ उन्मुख गर्ने बताउँदै उनले सकारात्मक चिन्तन गर्नुपर्ने तर्क गरिन् ।
कार्यक्रममा तरहरा जेसीजका अध्यक्ष सुनिल तिम्सिनाले उत्प्रेरित कार्यक्रम गर्दै जाने बताए । आनीको जिन्दगीको कथा सुनेर आफ्नो जीवनमा पनि सकारात्मक उर्जा प्रदान गरेको बताउँदै उनले सकारात्मक चिन्तन गर्नका लागि आह्वान गरे । उनले युवाहरुले आगामी नेतृत्व सकारात्मक ढंगले गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल जेसीजका निवर्तमान अध्यक्ष महेश पौडेलले सकारात्मकतर्फ उन्मुख हुनुपर्ने तर्क गरे । कार्यक्रममा देशैभरीका जेसीज, नन जेसीज गरी डेढ सय बढीको सहभागीता रहेको थियो ।













Discussion about this post