इटहरी ।
सोसियल रिक्न्ट्रक्सन फाउन्डेसनका अध्यक्ष राम निरौलाले मास्क वितरण गरेका छन् । कोरोना भाइरसको जोखिम र सडक बिस्तार गर्दा उत्पन्न धुवाँधुलोबाट बच्नका लागि आँफूले मास्क वितरण गरेको निरौलाले बताए । समाजमा सकारात्मक सन्देश दिनका लागि पनि यसअघि देखि नै सामाजिक काममा क्रियाशिल रहेका निरौला इटहरी जेसिस, लायन्स, जस्ता संघ–संस्थामा आबद्ध रहेका छन् । उनले यसअघि निःशुल्क आँखा शिबिर, इटहरीको माया घरमा खाद्यान्न वितरण, राष्ट्रिय स्तरका कलाकार बोलाएर उठेको रकमले सामाजिक काम गरिसकेका छन् । मैले मुसहर बस्तिमा कपडा वितरण, सरसफार्इ जस्ता कार्यक्रमलाई पनि प्राथमिकता दिदैँ आएको छ, उनले टाकुरासँग भने, आगामी दिनमा यस्ता सामाजिक काममा थप निरन्तरता दिनेछु ।
Discussion about this post