इटहरी
इटहरी खानेपानी तथा सरसफार्इ उपभोक्ता समितिका अध्यक्ष तथा नेकपाका नेता रामप्रसाद चौलागाईलाई सरकारी जग्गा अतिक्रमण गरेको भन्दै इटहरी उपमहानगरपालिकाले ७ दिने अल्टिमेटम पत्र काटेको छ । आईतबार चौलागाईँलाई सरकारी जग्गामा घर बनाएको भन्दै ७ दिन भित्र जग्गा छाड्न मेयर द्धारिकलाल चौधरीले निर्देशन दिएका छन् । उनले नगरप्रहरीलाई पत्र टाँस्न चौलागाईँको घर पठाएका थिए ।
खानेपानी अध्यक्ष भएरै ऐलानी जग्गा हडप्दै आएको भन्दै इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद चापागाईद्धारा हस्ताक्षरित पत्र पठाईएको छ । सात दिन भित्र ऐलानी जग्गा खाली नगरे कानुन अनुसार कार्वार्ही गर्ने चेतावनी सहितको पत्र रामप्रसादको घरमा टाँसिएको हो ।
यसअघि इटहरीका मेयर चौधरीले सार्वजनिक कार्यक्रममै चौलागाईलाई भ्रष्टाचारी भन्दै कुटपिट समेत गरेका थिए ।
माओवादी केन्द्र विराटनगरको सम्मेलन आइतबार, प्रचण्डले उद्घाटन गर्ने
विराटनगर : नेकपा माओवादी केन्द्र विराटनगरले आगामी आइतबार (वैशाख ७) गते नगर सम्मेलन गर्ने भएको छ । सम्मेलनको उद्घाटनका लागि...
Discussion about this post