Sunday, March 15, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

कोशी प्रदेशमा १५ दिनभित्र ‘टाइम कार्ड’ लागू गरिने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर ३, २०८१
in टाकुरा विशेष, समाचार
0
कोशी प्रदेशमा १५ दिनभित्र ‘टाइम कार्ड’ लागू गरिने
173
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोशी प्रदेशमा १५ दिनभित्रमा ‘टाइम कार्ड’ लागू गर्ने निर्णय भएको छ । केही दिनयता धेरै सवारी दुर्घटना भएपछि ‘टाइम कार्ड’ लागू गरिने भएको हो ।

सोमबार (आज) इटहरी उपमहानगरपालिकामा मेयर हेमकर्ण पौडेलसहित सुनसरीका प्रुमख जिल्ला अधिकारी रामचन्द्र तिवारी, प्रहरी प्रमुख, एसपी सुमन तिम्सिना, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका एसपी विनोद घिमिरे, जनप्रतिनिधिहरू, सडक विभागका प्रतिनिधि, यातायात व्यवसायी संघ, सरोकारवाला निकायसहितको बैठकले ‘टाइम कार्ड’ लागू गर्ने निर्णय भएको हो ।

‘टाइम कार्ड’ लागू गरेपछि सवारी साधनको ‘स्पीड’ कम हुने र दुर्घटना न्यूनीकरण हुने विश्वास गरिएको इटहरीका मेयर हेमकर्ण पौडेलले जानकारी दिए । ‘१५ दिनभित्रमा टाइम कार्ड लागू गर्ने र अतिक्रमित क्षेत्रका सडक, पेटी क्लियर गर्ने निर्णय भएको छ,’ उनले भने, ‘ट्राफिक व्यवस्थापन चुस्त, दुरुस्त बनाउन पनि सबै सरोकारवाला निकाय गम्भीर भएका छौँ, सोहीअनुसार निर्णय भएको छ ।’

सडकलाई अनुशासित र क्षति न्यूनीकरणको पाटोमा सबै सचेत हुनुपर्ने उनले बताए । ट्राफिक व्यवस्थापनमा देखिएका कमजोरीलाई सुधार गरेर लैजानुपर्ने मेयर पौडेलले बताए ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी तिवारीले दोषी कोही पनि नउम्किने बताए । ‘लापरबाहीपूर्वक गाडी चलाउने र दोषी जो कोही पनि कारबाहीको भागिदार हुन्छ,’ उनले भने, ‘हामी आफैँ ट्राफिक नियमबारे शिक्षित हुन जरूरी छ । अब टाइम कार्ड लागू भएपछि धेरै हदसम्म दुर्घटना न्यूनीकरण हुने विश्वास गरिएको छ ।’

प्रजिअ तिवारीले सडक दुर्घटना भोलिका दिनमा पनि हुने भएकाले आगलागी गर्नु र उत्तेजित हुनु अस्वभाविक रहेको बताए । ‘यो मेरो पनि समाज हो । दुर्घटना हुन नदिऔँ, तर दुर्घटना भएमा आगो नै लगाउनुपर्छ भन्ने भाष्य परिवर्तन गर्न आवश्यक छ,’ उनले भने, ‘हामीले समाज भाँड्ने होइन, बनाउने हो ।’

आइतबार काकडभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको मे १ ख ७५७४ नम्बरको नागरिक यातायातको ठक्करबाट इटहरी १० की सजना यादवको मृत्यु भएको थियो । दुर्घटनापछि आक्रोशित स्थानीयबासीले बस जलाएका थिए । बस पूर्ण रूपमा जलेको छ भने राति ८ बजेसम्म आक्रोशित स्थानीयले प्रदर्शन गरेका थिए ।

खासगरी विद्यालयबाट घर फर्किदैँ गरेकी यादवलाई बस चालकले ठक्कर दिएको र ब्याक गरेर किचेर मारेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनापछि उग्ररूप लिएको थियो ।

सोही विषयसँगै दुर्घटना न्यूनीकरण कसरी गर्न सकिन्छ भन्नेबारे उपमहानगरमा बैठक बसिएको हो ।

त्यससँगै कोशी प्रदेशका सुनसरी, मोरङ र झापामा पछिल्लो दुईदिनमै सवारी दुर्घटनाका कारण ५ जनाले ज्यान गुमाएका छन् ।

भिडियो

Tags: कोसी प्रदेशटाइम कार्ड
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पोखरीको मनमोहक दृश्यले पदयात्रा जाने पर्यटक आनन्दित
भिजिट नेपाल

पोखरीको मनमोहक दृश्यले पदयात्रा जाने पर्यटक आनन्दित

by रासस
चैत्र १, २०८२
0

भोजपुर : टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सरकारले...

सुनसरी : किसानलाई सिँचाइको समस्या
विविध

सुनसरी : किसानलाई सिँचाइको समस्या

by रासस
चैत्र १, २०८२
0

सुनसरी : सुनसरीका विभिन्न स्थानमा मकै र गहुँ खेती गर्दै आएका किसानलाई सिँचाइको समस्या भएको छ । सदरमुकाम इनरुवासहित भोक्राहा,...

स्वर्गीय कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप : उद्घाटन खेलमा केराबारी फुटबल क्लब मोरङ विजयी

स्वर्गीय कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप : उद्घाटन खेलमा केराबारी फुटबल क्लब मोरङ विजयी

फाल्गुन ३०, २०८२
पाथीभरा देवी

पाथीभरा मन्दिरमा १८ हजार ६ सय ५२ जना तीर्थालुले गरे दर्शन

फाल्गुन ३०, २०८२
पत्रकार अर्जुन आचार्यलाई आक्रमण गर्नेहरू १५ दिनसम्म पक्राउ परेनन्

पत्रकार आचार्यलाई आक्रमण गर्ने पाठक पक्राउ

फाल्गुन ३०, २०८२
सुनसरीमा प्रतिबन्धित लागूऔषधसहित फार्मेसी सञ्चालिका पक्राउ

सुनसरीमा प्रतिबन्धित लागूऔषधसहित फार्मेसी सञ्चालिका पक्राउ

फाल्गुन ३०, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पोखरीको मनमोहक दृश्यले पदयात्रा जाने पर्यटक आनन्दित

पोखरीको मनमोहक दृश्यले पदयात्रा जाने पर्यटक आनन्दित

चैत्र १, २०८२
सुनसरी : किसानलाई सिँचाइको समस्या

सुनसरी : किसानलाई सिँचाइको समस्या

चैत्र १, २०८२
स्वर्गीय कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप : उद्घाटन खेलमा केराबारी फुटबल क्लब मोरङ विजयी

स्वर्गीय कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप : उद्घाटन खेलमा केराबारी फुटबल क्लब मोरङ विजयी

फाल्गुन ३०, २०८२
पाथीभरा देवी

पाथीभरा मन्दिरमा १८ हजार ६ सय ५२ जना तीर्थालुले गरे दर्शन

फाल्गुन ३०, २०८२



लाेकप्रिय

  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

    इटहरी दुर्घटनामा ज्यान गुमाउने साइकलयात्रीको पहिचान खुल्यो

    388 shares
    Share 155 Tweet 97
  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

    226 shares
    Share 90 Tweet 57
  • रास्वपाका उम्मेदवार लालविक्रम थापाको विवादास्पद अभिव्यक्ति – ‘घर इनरुवा भन्दा हिचकिचाउनुपर्छ पर्छ’ (भिडिओसहित)

    170 shares
    Share 68 Tweet 43
  • एमाले सुनसरीद्वारा इटहरी–१७ का वडाध्यक्षलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही

    150 shares
    Share 60 Tweet 38
  • निर्वाचन प्रभावित गर्न अफवाह फैलाएको आरोपमा सुनसरीबाट एक युवक पक्राउ

    133 shares
    Share 53 Tweet 33

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.