संखुवासभा : संखुवासभाका छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुईको मृत्यु भएको छ ।
सभापोखरी गाँउपालिका-६ स्थित भित्री सडक खण्डमा भे २ त १९२९ नम्बरको वालुवा लोड गरेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सडकदेखि ६० मिटर तल खोल्सीमा झरेर दुर्घटना हुँदा ट्र्याक्टर चालक चैनपुर नगरपालिका-६ का १९ वर्षीय रबि बराईलीको मृत्यु भएको प्रहरीले जनाएको छ।
यसैगरी मकालु गाउँपालिका-६ का २७ वर्षीय उपेन्द्र राईको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post