इटहरी : कोशी प्रदेशका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका ३ स्थितबाट चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको बा ९० प १६७५ नम्बरको स्कुटरमा सवार सुनसरी रामधुनी नगरपालिका ३ का २७ हिरालाल विश्वकर्मा र तनहुँका २४ वर्षीय सुदीप बिश्वकर्माको साथबाट लागूऔषध ब्राउनसुगर २ ग्राम ७८९ मिलिग्रामसहित पक्राउ गरेको छ ।
त्यसैगरी इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे १० स्थितबाट बेलबारी नगरपालिका २ का २१ वर्षीय विशाल खड्का र १९ वर्षीय सौगात थापालाई प्रतिबन्धित औषधी ट्रमाडोल १९० चक्की, स्पासमिड १९० चक्कीसहित पक्राउ गरेको छ ।
उदयपुरको त्रियुगा नगरपालिका ६ स्थितमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २८ वर्षीय विजय राई, २९ वर्षीय गोरब राई र २५ वर्षीय अविनाष राईलाई डाईजेपाम ४ एम्पुल, प्रोमेथाजिङ ५ एम्पुल, बुप्रिनोर्फिन ६ एम्पुलसहित नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post