सुनसरी : सुनसरीको दुहबी नगरपालिका ८ स्थित कोशी लोकमार्गमा ट्याक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा सह-चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरी रामधुनी नगरपालिका १ का ५० वर्षीय बुधन चौधरी रहेका छन् ।
शनिबार दिउँसो सुनसरीको दुहबी नगरपालिका ८ स्थित कोशी लोकमार्गमा को २ त ५९८१ नम्बरको इट्टा बोकेको ट्याक्टर कुदिरहेको अवस्थामा अनियन्त्रित भएर टेङग्रा खोलामा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टरका सह-चालक चौधरी घाइते भएका थिए ।
उनलाई तत्काल उपचारको लागि स्थानीय सिटी अस्पताल लगिए पनि उपचारको क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।
ट्याक्टर चालक रामधुनी १ का २३ वर्षीय सुरज चौधरीलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरू गरेको छ ।
Discussion about this post