धरान : धरानमा तीन जना सवार स्कुटर चेकजाँच गर्दा लागूऔषध फेला परेको छ ।
धरान उपमहानगरपालिका ३ माछा भौडीमा प्रहरीको गस्ती टोलीले शंका लागेर चेकजाँच गर्दा लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको हो ।
को २० प ४८१६ नम्बरको स्कुटर जाँच गर्दा स्कुटर चालक धरान १० बस्ने २७ वर्षीय विनय देवान, पछाडि सवार धरान १६ बस्ने २८ वर्षीय कुविर श्रेष्ठ र धरान १० बस्ने ३५ वर्षीया सृजना गुरुङको साथबाट लागूऔषध बरामद गरेको हो।
प्रहरीका अनुसार उनीहरूको साथबाट ट्रामामोल पाँच सय ट्याब्लेट र डिकोलिक पाँच सय ट्याब्लेट फेला परेको छ।
लागूऔषध ओसारपसार गरेको आरोपमा तीनै जनालाई स्कुटरसहित नियन्त्रणमा लिइएको छ ।
उनीहरूलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
Discussion about this post