मोरङ : कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह तथा जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय पथरी र इलाका प्रहरी कार्यालय उर्लाबारीबाट संयुक्त रूपमा परिचालन भएको प्रहरी टोलीले चोरी भएका मोबाइल बरामद गरेको छ ।
खोजतलासको क्रममा विभिन्न कम्पनीका ३२ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।
माघ २१ गते मोरङको उर्लाबारी नगरपालिका ५ स्थित योगराज कार्कीको मोबाइल पसलको सटर तोडफोड गरी चोरी भएको मोबाइलहरू खोजतलासको क्रममा परिचालन भएको प्रहरी टोलीले भारतीय प्रहरीसँगको सहकार्यमा भारतका विभिन्न स्थानहरूबाट बरामद गरेको हो ।
उर्लाबारीमा चोरी भएको २० थान मोबाइल, नवलपरासीमा चोरी भएका ११ थान र दमकमा चोरी भएको एक थान मोबाइल बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
मोबाइल चोरीको घटना सम्बन्धमा थप अनुसन्धान तथा चोरीमा संलग्न व्यक्तिहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post