Wednesday, March 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

जनता क्याम्पस : स्ववियुका आकांक्षीको नामावली नै समावेश नभएपछि निर्वाचन कार्यालयमा तालाबन्दी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २५, २०८१
in टाकुरा विशेष, समाचार
0
जनता क्याम्पस : स्ववियुका आकांक्षीको नामावली नै समावेश नभएपछि निर्वाचन कार्यालयमा तालाबन्दी
276
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा स्वयिवु सभापतिका आकांक्षीको नाम मतदाता नामावलीमा समावेश नभएपछि निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले माघ ११ भन्दा पछाडि भर्ना भएका विद्यार्थीलाई चुनावी प्रक्रियामा भाग लिन नपाउने निर्देशिका जारी गरेको थियो । सोअनुसार निर्वाचन समितिले आज (आइतबार) मतदाता नामावली प्रकाशित गरेको छ ।

मतदाता नामावलीमा स्ववियु सभापतिका आकांक्षी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का हेमराज खड्का (आदित्य)को नामावली समावेश नभएपछि तालाबन्दी गरिएको हो ।

अनेरास्ववियु सुनसरीका अध्यक्ष उज्वल सिग्देलका अनुसार निर्वाचन समितिले विद्यार्थी संगठनसँग छलफल नगरी मतदाता नामावली प्रकाशन गरेको र मतदाता नामावलीमा दुई सय ६ जना विद्यार्थीको नामावली समावेश नभएको भन्दै तालाबन्दी गर्न बाध्य भएको हो ।

‘क्याम्पस प्रशासनले फागुन १५ गतेसम्म भर्ना भएका विद्यार्थीलाई मताधिकार हुन्छ भनेअनुसार हामीले विद्यार्थीहरूको भर्ना लिएका थियौँ,’ सिग्देलले भने, ‘दुई सय ६ जना विद्यार्थी मताधिकारबाट वञ्चित हुने भएकाले अनेरास्ववियु निर्वाचनमा सहभागी हुँदैन । हामीले आज प्रकाशन भएको मतदाता नामावली च्यातेकै हो ।’

आइतबार सार्वजनिक भएको मतदाता नामावली आफूहरूले च्यातेको उनले स्वीकार गरे ।

खासगरी अघिल्लो निर्वाचनमा उक्त क्याम्पसमा अनेरास्ववियुबाट स्ववियु सभापतिको उम्मेदवारसमेत रहेका उनले भने, ‘म आफैँ अघिल्लो निर्वाचनमा सभापतिको उम्मेदवार थिएँ । मैले पनि निर्वाचन हुनुभन्दा पाँच दिनअघि मात्रै भर्ना गरेको थिएँ । खासमा भन्ने हो भने जनता क्याम्पसमा अहिलेसम्मको निर्वाचन हेर्दा त्रिविको निर्देशिकालाई फलो गरेर निर्वाचन भएको छैन ।’

उनले त्रिविको निर्देशिकाअनुसार निर्वाचन नभई त्यसभन्दा विपरीत नै निर्वाचन हुनुपर्ने आशय व्यक्त गरे ।

‘हामीले घोषणा गरेको उम्मेदवारको फागुन १५ गते भर्ना भएको हो, क्याम्पस प्रमुखले नै भर्ना हुन आउनुहोस् भनेपछि हामीले सबै विद्यार्थीको एकैपटक भर्ना गरेका थियौँ,’ उनले भने, ‘नामावली प्रकाशनपछि निर्वाचन समिति आफैँले तालाबन्दी गरेर हिँडेपछि हामीले तालाबन्दी गरेका छौँ ।’

निर्वाचन समिति दबाबमा परेर चुनावी प्रक्रिया अगाडि बढाएको उनले आरोप लगाए ।

‘निर्वाचन समितिले दबाबमा परेर चुनावी प्रक्रिया अगाडि बढाएको हाम्रो शंका छ,’ सिग्देलले भने, ‘मतदाता नामावली प्रकाशनपछि जिम्मेवार मान्छे नै छलफलमा नबसेकाले हामीले तालाबन्दी गरेका हौँ ।’

नेपाल विद्यार्थी संघ (नेविसंघ) सुनसरीका सभापति प्रमोद भट्टराईका अनुसार दुई दिनअघि सर्वपक्षीय छलफल भएको थियो ।

‘मतदान प्रक्रियामा कोको समावेश हुन पाउने, नपाउने भन्ने कुरा हुँदा त्रिविको निर्देशिकाअनुसार नै निर्वाचन हुनुपर्छ भन्ने हाम्रो भनाइ हो,’ उनले भने, ‘माघ ११ भन्दा पछाडि भर्ना भएका विद्यार्थी पढ्न पाए । तर मताधिकारमा सहभागी हुन पाएनन् ।’

उनका अनुसार निर्वाचन समितिले आन्तरिक छलफल गर्नुहोस् भनेर दुई दिनको समय दिएको थियो ।

‘निर्वाचन समितिले छलफल गर्न भनेपछि विद्यार्थी संगठनबीच छलफल हुँदा अनेरास्ववियु एकातिर र अरू सबै विद्यार्थी संगठन एकातिर भयो,’ उनले भने, ‘निर्वाचन समितिले त्रिविको निर्देशिकाअुनसार मतदाता नामावली प्रकाशन गर्दा कसैले आपत्ति जनाउनुपर्ने कारण छैन ।’

दाबी विरोधको समय हुँदाहुँदै अनेरास्ववियुले एकैपटक क्याम्पसमा तालाबन्दी गरेको र उक्त प्रवित्ति गलत रहेको उनले जनाए ।

निर्वाचनलाई नै प्रभावित पार्ने काम भएकाले नेविसंघले आपत्ति जनाएको भट्टराईले बताए ।

यता, निर्वाचन समितिका संयोजक सञ्जीवकुमार यादवले भने स्ववियु निर्वाचनको कार्यतालिकाअनुसार अगाडि बढेको र त्यो अनुसार नामावली प्रकाशन गरेको प्रतिक्रिया दिए ।

‘त्रिविको निर्देशिका बमोजिम मतदाता नामावली प्रकाशन गरेका हौँ । केही समूहले नामावलीमा नाम समावेश नभएको भन्दै तालाबन्दी गरे भन्ने सुन्नमा आएको छ,’ उनले भने, ‘यसबारे सोमबार बिहान बैठक बसेर थप कामकारबाही अगाडि बढ्छ ।’

अघिल्ला वर्ष के कसरी निर्वाचन भएको भएपनि यस वर्ष भने त्रिविको निर्देशिकालाई कार्यान्वयन गरेको यादवले प्रतिक्रिया दिए ।

सहायक क्याम्पस प्रमुखसमेत रहेका यादवले भने, ‘हामीले यसअघि विद्यार्थी संगठनबीच सहमतिको अथक प्रयास गरायौँ । सहमति नजुटेपछि कानुनी अनुसार अगाडि बढेका हौँ ।’

उनले कानुनी आधारलाई नै टेकेर स्ववियु निर्वाचनको कार्यतालिका अगाडि बढाएको बताए ।

‘निर्देशिका मापदण्डभित्र परेका विद्यार्थीलाई नामावलीमा समावेश गराएका हौँ,’ उनले भने, ‘अब भोलि (सोमबार) बिहान निर्वाचन समितिको बैठक बसेर नियानुसार चुनावी प्रक्रिया अगाडि बढ्छ ।’

सोमबार निर्वाचन कार्यतालिका अन्तर्गत मनोनय पत्र वितरणको समय छ । बिहान छलफल गरी निष्कर्षमा पुग्ने यादवले जानकारी दिए ।

आइतबार सार्वजनिक गरिएको नामावलीअनुसार चार हजार पाँच सय ४९ जना विद्यार्थीले मताधिकार पाउनेछन् ।

त्रिविले जारी गरेको सूचना :-

त्रिविले जारी गरेको सूचना ।
Tags: अनेरास्ववियुटाकुरा विशेषस्ववियु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भोजपुरमा व्यावसायिक कफी खेती
FEATURE BREAKING

कोशी प्रदेशका २८ मध्ये १७ सिट जितेको रास्वपाले समानुपातिकमा कति मत पायो ?

by टाकुरा न्यूज । इटहरी
फाल्गुन २६, २०८२
0

इटहरी : कोशी प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमध्ये १७ वटा सिट प्रत्यक्षमा जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकमा पनि सबैभन्दा...

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ
समाचार

इटहरी र इनरुवाबाट ब्राउनसुगरसहित तीन युवक पक्राउ

by टाकुरा न्यूज । इटहरी
फाल्गुन २६, २०८२
0

इटहरी : सुनसरीमा प्रहरीले लागूऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ। इटहरी र इनरुवामा छुट्टाछुट्टै स्थानबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको...

इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

विराटनगरमा बिहे घरमा काम गर्न गएकी महिलाको करेन्ट लागेर मृत्यु

फाल्गुन २६, २०८२
उदयपुरमा कोदो उत्पादनमा वृद्धि

उदयपुरमा कोदो उत्पादनमा वृद्धि

फाल्गुन २६, २०८२
सङ्खुवासभामा भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ

सङ्खुवासभामा भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ

फाल्गुन २६, २०८२
झापाका २८६ मतदान केन्द्र ‘अतिसंवेदनशील’, झापा–५ मा उच्च सुरक्षा सतर्कता

सुनसरीबाट समानुपातिकमा रास्वपालाई १ लाख ७८ हजार मत, अरूलाई कति ?

फाल्गुन २६, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भोजपुरमा व्यावसायिक कफी खेती

कोशी प्रदेशका २८ मध्ये १७ सिट जितेको रास्वपाले समानुपातिकमा कति मत पायो ?

फाल्गुन २६, २०८२
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरी र इनरुवाबाट ब्राउनसुगरसहित तीन युवक पक्राउ

फाल्गुन २६, २०८२
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

विराटनगरमा बिहे घरमा काम गर्न गएकी महिलाको करेन्ट लागेर मृत्यु

फाल्गुन २६, २०८२
उदयपुरमा कोदो उत्पादनमा वृद्धि

उदयपुरमा कोदो उत्पादनमा वृद्धि

फाल्गुन २६, २०८२



लाेकप्रिय

  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

    इटहरी दुर्घटनामा ज्यान गुमाउने साइकलयात्रीको पहिचान खुल्यो

    387 shares
    Share 155 Tweet 97
  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

    226 shares
    Share 90 Tweet 57
  • इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

    209 shares
    Share 84 Tweet 52
  • रास्वपाका उम्मेदवार लालविक्रम थापाको विवादास्पद अभिव्यक्ति – ‘घर इनरुवा भन्दा हिचकिचाउनुपर्छ पर्छ’ (भिडिओसहित)

    170 shares
    Share 68 Tweet 43
  • एमाले सुनसरीद्वारा इटहरी–१७ का वडाध्यक्षलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही

    150 shares
    Share 60 Tweet 38

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.