Saturday, May 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

अनेरास्ववियुले ‘नियम विपरीत चुनावको माग’ गरेपछि जनता क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २८, २०८१
in टाकुरा विशेष, समाचार
0
अनेरास्ववियुले ‘नियम विपरीत चुनावको माग’ गरेपछि जनता क्याम्पसमा स्ववियु निर्वाचन स्थगित
527
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेकपा एमाले निकट रहेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले ‘नियम विपरीत स्ववियु निर्वाचनको माग’ राखेपछि इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ ।

त्रिभुवन विश्वविद्यालयले जारी गरेको निर्देशिकाअनुसार निर्वाचन समितिले चुनावी प्रक्रिया अगाडि बढाएपछि केही दिनअघिदेखिको विवाद उत्कर्षमा पुगेको थियो । उक्त विवादको समाधानका लागि मंगलबार राति र बुधबार (आज) सर्वदलीय बैठक बसेपनि बैठकले कुनै निष्कर्ष निकाल्न सकेन ।

बैठकमा एमालेसहित नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, जनता समाजवादी पार्टी, मोहन वैद्य नेतृत्वको माओबादी र स्वतन्त्रसहित सहभागी थिए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसीको अध्यक्षतामा बसेको बैठकमा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल, कांग्रेस सुनसरी क्षेत्र नं. २ (क)का सभापति सुबेक्छु देवान, कांग्रेस इटहरीका कार्यवाहक सभापति बालकृष्ण विष्ट, एमालेका नगर अध्यक्ष रुपेश बस्नेत, कार्यपालिका सदस्य प्रमोद शेर्पा, इटहरी ९ का वडाध्यक्ष जीतेन्द्र थापा, अनेरास्ववियु कोशी प्रदेशका अध्यक्ष जीबी गजल, माओबादी केन्द्रका नगर अध्यक्ष राजकुमार आचार्य, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य नवीन दाहाललगायत सहभागी थिए ।

जसमा सबै दलले त्रिविको निर्देशिकाअनुसार निर्वाचनको प्रक्रिया अगाडि बढ्नुपर्ने माग राखेपनि एमालेले भने त्रिविको निर्देशिकाविपरीत निर्वाचन हुनुपर्ने माग राखेपछि बैठक निष्कर्षमा पुग्न नसकेको जनाइएको छ ।

स्ववियु निर्वाचन समितिका संयोजक सञ्जीवकुमार यादवका अनुसार त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले माघ ११ भन्दा पछाडि भर्ना भएका विद्यार्थीलाई चुनावी प्रक्रियामा भाग लिन नपाउने निर्देशिका जारी गरेको थियो ।

सोअनुसार निर्वाचन समितिले मतदाता नामावली प्रकाशित गरेपछि नेकपा (एमाले) निकट अनेरास्ववियुले असन्तुष्टि जनाउँदै आएको थियो ।

जसअनुसार केही दिनअघि पनि अनेरास्ववियुले क्याम्पसको निर्वाचन कक्षमा तालाबन्दीसमेत गरेको थियो । तर, सहमति गर्ने भनिएपछि तालाबन्दी खोलेको अनेरास्ववियुले पुनः बुधबार (आज) दिउँसो निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचनका सबै कार्यक्रम अर्को सूचना नआएसम्म स्थगित गरिएको यादवले जानकारी दिए ।

‘निर्वाचनका सबै कार्यक्रम नीति नियमअनुसार अगाडि बढेको हो । आज सञ्चालक समितिको नेतृत्वमा सर्वदलीय बैठक बसेपनि निष्कर्षमा पुग्न नसेकपछि मलाई निर्वाचन कार्यक्रम अगाडि बढाउने आदेश भएअनुरूप काम अगाडि बढाउने कार्यक्रममा तालाबन्दी भयो,’ यादवले भने ।

अनेरास्ववियु जनता बहुमुखी क्याम्पसका अध्यक्ष सन्तोष तिम्सिनाको नेतृत्वले ज्ञापनपत्र बुझाउँदै निर्वाचनमा असन्तुष्टि रहेको जनाउँदै तालाबन्दी गरेको यादवले बताए ।

‘एमाले भन्दा अन्य सबै दलहरूले नियामनुसार जानुपर्छ भन्दा एमाले सहमतिको विन्दुमा आएन,’ उनले भने, ‘माघ ११ भन्दा पछाडि भर्ना भएका विद्यार्थीलाई मताधिकार दिने कुरामा सहमति हुन नसकेपछि अध्यक्ष ज्यूबाट नियानुसार अगाडि बढाउनहोस् भन्ने आदेश भएसँगै निर्वाचन कार्यक्रम अगाडि बढाउँदा अनेरास्ववियुका विद्यार्थीहरूले कार्यालयमा ताला लगाउनुभयो ।’

निर्वाचनका गतिविधि अगाडि बढाउने वातावरण नभएपछि अर्को सूचना नआएसम्म निर्वाचनको कार्यक्रम स्थगित गरिएको उनले बताए ।

नेविसंघ सुनसरी सभापति प्रमोद भट्टराईले अनेरास्ववियुले कसरी चुनाव रोक्ने भन्नेतर्फ केन्द्रीत भएको बताए ।

‘हाम्रो अस्तित्व सकिन्छ भन्ने हेतुबाट अगाडि बढेको देखिन्छ । विद्यार्थी संगठन भन्दा पनि एमाले नै आकर्षित भएको र खासगरी कसरी चुनाव रोक्ने भन्नेतर्फ केन्द्रीत भएको पाइयो,’ उनले भने, ‘चुनाव हुनुपर्छ भन्ने तर मतदाता नामावलीमा नाम नै नभएको व्यक्ति उम्मेदवार हुनुपर्छ भन्ने अवैज्ञानिक र अप्राकृतिक माग राखेपछि यो परिस्थिति सिर्जना भयो ।’

मतदाता नामावलीमा नाम नै नभएको व्यक्तिलाई उम्मेदवार बनाउनुपर्छ भन्ने अनेरास्ववियुको मागका कारण चुनाव स्थगितको अवस्था आएको उनले बताए ।

‘चुनाव हुन्छ भन्ने पनि थाहा छ । माघ ११ पछि भर्ना भएका विद्यार्थी मताधिकारमा सहभागी हुँदैनन् भन्ने पनि थाहा छ । अनि संगठनले उम्मेदवार टुंग्याएपछि मतदाता नामावली प्रकाशन हुनुभन्दा एक साताअघि क्याम्पसमा भर्ना हुने र चुनावमा सहभागी हुनुपर्छ भन्ने माग राख्नु नै अवैज्ञानिक छ,’ उनले भने ।

खासगरी क्याम्पसमा तालाबन्दी गर्ने र तालाबन्दी खोल्ने, पुनः तालाबन्दी गर्नु केटाकेटीपना प्रवित्ति देखाएको उनले आरोप लगाए ।

‘पहिला त सहमति हुन्थ्यो, अहिले किन भएन भन्दा पनि पहिला गलत गरेको थियौँ, अब पनि गर्नुपर्छ भन्ने हुनुहुँदैन,’ भट्टराईले भने, ‘मनोनयन पत्र लिदाँ नेविसंघ आफूले मात्रै लिएको छैन । संगठन दर्ता गरेका आठमध्ये अनेरास्ववियुबाहेक सबै संगठनले मनोनयन पत्र लिएका छन् । सबैले नियानुसार चुनावमा जानुपर्छ भन्दैगर्दा कुनै एक दलका एक व्यक्ति उम्मेदवार हुन पाउँदैन भन्ने भएपछि निर्वाचन भाँड्नु अस्वभाविक हो ।’

खासगरी अनेरास्ववियुले स्ववियु सभापतिमा उम्मेदवार टुंगो लगाएका हेमराज खड्का (आदित्य)ले फागुन १५ गते मात्रै क्याम्पसमा भर्ना भएका थिए । उनको मतदाता नामावलीमा नाम समावेश नभएपछि अनेरास्ववियु असन्तुष्ट बन्दै आएको छ ।

अनेरास्ववियुका सुनसरी अध्यक्ष उज्वल सिग्देलले भने मतदाता नामावलीमा दुई सय ६ जना विद्यार्थीकै नाम समावेश नगरेसम्म निर्वाचन हुन नसक्ने माग राखेको बताए ।

‘हामीले दुई सय ६ जनालाई कायम गरेर जानुपर्छ भनेर पार्टी (एमाले)लाई पनि भनेका थियौँ । आजको सर्वदलीय बैठकमा पार्टी त्यही ढंगले प्रस्तुत भयो,’ सिग्देलले भने, ‘क्याम्पस प्रशासनले फागुन १५ गतेसम्म भर्ना लिएका विद्यार्थीको मताधिकार शुनिश्चित गर्ने आश्वासन दिलाएको थियो ।’

जनता क्याम्पसमा अनेरास्ववियुलाई नियोजित ढंगबाट प्रहार भएको उनले आरोप लगाए ।

‘क्याम्पसको परिपाटी आफ्नै छ । अघिल्लो निर्वाचनमा अन्तिमसम्म पनि भर्ना लिने प्रचलन थियो । तर, हाम्रो उम्मेदवारकै उम्मेदवारी नै रद्द हुनेगरी नियोजित प्रहार भयो,’ उनले भने, ‘यद्यपि, व्यवस्थापन समितिले सहमतिका आधारमा बैठक बोलायो भने हामी जुनसुकै बेला निर्वाचनमा जान तयार छौँ । तर, दुई सय ६ जना विद्यार्थीको नामावली समावेश हुनुपर्छ भन्ने हाम्रो माग रहन्छ ।’

यता, क्याम्पस प्रशासनले भने भर्ना हुन आउने विद्यार्थीलाई नरोक्ने जनाउँदै आएको थियो । त्रिविले निर्देशिका जारी गरेपनि भर्ना लिने तर उनीहरूलाई मताधिकारमा समावेश नगराई अध्ययनका लागि भर्ना लिएको प्रशासनले जनाउँदै आएको छ ।

स्ववियु सभापति सहदेव काफ्लेले भने समयमा नै नेतृत्व चुन्नुपर्ने बताए ।

‘समयमा नै नेतृत्व चुन्नका निम्ति स्ववियुको सहयोग हुन्छ,’ काफ्लेले भने, ‘नेतृत्व उत्पादन गर्ने र क्याम्पसको नेतृत्वलाई समयअनुसार परिवर्तन गर्नुपर्छ । कोही व्यक्ति वा संगठन हार्छु भन्ने मानसिकताबाट गुर्जनुहुँदैन । आज कसैले हार्छु भन्ने डरले तालाबन्दी लगाएकोजस्तो देखिन्छ ।’

यता, क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसीले भने समस्या उत्पन्न भइसकेपछि पटकपटक सहमति गर्न खोजिएको बताए ।

‘पटकपटक सहमति गर्न खोजिएको हो । तर, सहमति गर्न नसकिएपछि नियमअनुसार जानुपर्छ भन्ने सञ्चालक समितिको धारणा हो,’ केसीले भने, ‘नियानुसार जाने क्रममा बुधबार पनि तालाबन्दी भएपछि अब बिहीबार पुनः सञ्चालक समितिको बैठक बसेर ठोस निर्णयमा पुग्छौँ ।’

यो पनि – स्ववियु निर्वाचन : जनता क्याम्पसमा मतदाताको अन्तिम नामावली सार्वजनिक (नामावलीसहित)

यो पनि – जनता क्याम्पसमा स्ववियुबारेको विवाद के हो ? (भिडिओसहित)

यो पनि – जनता क्याम्पस : स्ववियुका आकांक्षीको नामावली नै समावेश नभएपछि निर्वाचन कार्यालयमा तालाबन्दी

Tags: अनेरास्ववियुजनता बहुमुखी क्याम्पसटाकुरा विशेषस्ववियु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…
FEATURE BREAKING

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २, २०८३
0

इटहरी : शनिवार (आज) बिहान इटहरी २० तरहरास्थित जंगलमा घाँस काट्न गएकी एक स्थानीय महिलाले झाडी छेउ असामान्य दृश्य देखिन्। नजिक...

पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार
विविध

पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार

by रासस
जेष्ठ २, २०८३
0

मोरङ : प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको वेतना सिमसार पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । पर्यापर्यटनसहितको पर्यटकीय...

हुलाकी राजमार्ग : १२ वर्षमा ७५ प्रतिशत काम सम्पन्न, कहिले पूरा हुन्छ ?

हुलाकी राजमार्ग : एक वर्ष नपुग्दै सडक भत्किन थालेपछि दुर्घटनाको जोखिम

जेष्ठ २, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

जेष्ठ २, २०८३
भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु

भोजपुरमा अनलाइनमार्फत घरमै नक्सा

जेष्ठ २, २०८३
खोटाङमा उभौली : ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना गरिँदै

साकेला समापन : युवापुस्तालाई मौलिक परम्परा, सामूहिकता र प्रकृति सम्मानको सन्देश

जेष्ठ २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

जेष्ठ २, २०८३
पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार

पर्यापर्यटनसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै वेतना सिमसार

जेष्ठ २, २०८३
हुलाकी राजमार्ग : १२ वर्षमा ७५ प्रतिशत काम सम्पन्न, कहिले पूरा हुन्छ ?

हुलाकी राजमार्ग : एक वर्ष नपुग्दै सडक भत्किन थालेपछि दुर्घटनाको जोखिम

जेष्ठ २, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

जेष्ठ २, २०८३



लाेकप्रिय

  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    665 shares
    Share 266 Tweet 166
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    652 shares
    Share 261 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    623 shares
    Share 249 Tweet 156
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    511 shares
    Share 204 Tweet 128
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1556 shares
    Share 622 Tweet 389

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.