इटहरी : सुनसरीमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
जिल्लाको हरिनगर गाउँपालिका–४ मा ट्याक्टरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो । मृत्यु हुनेमा ३५ वर्षीय उमेश महतो रहेका छन् ।
इनरुवाबाट हरिनगरतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ त २४७१ नम्बरको ट्याक्टरले महतोलाई ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार गम्भीर घाइते भएका महतोलाई उपचारका लागि इनरुवा अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।
दुर्घटनालगत्तै प्रहरीले ट्याक्टर र चालक सप्तरीको कन्चनरूप नगरपालिका–४ का अन्दाजी ३४ वर्षीय रूपेश सरदारलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ
Discussion about this post