बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको सप्तकोसी बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का विज्ञान सावाँ लिम्बूको प्यानल नै निर्वाचित भएको छ ।
४ सय ३९ मतदाता रहेको क्याम्पसमा ३ सय ९२ जना विद्यार्थीले मतदान गरेका थिए ।
सभापतिमा लिम्बूले २ सय ३५ मत प्राप्त गरेका छन् । उनी १ सय १७ मतको अन्तरले निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुकी सन्जु खड्काले १ सय १८ मत प्राप्त गरिन । त्यस्तै अनेरास्ववियु कान्तिकारीका धनकेशर भुजेज (विमल) ले ५ मत र समाजवादी विद्यार्थी युनियनका निरमाया राईले १४ मत प्राप्त गरिन् ।
सचिवमा नेविसंघकी इन्जु भट्टराई विजयी भइन् । उनले १ सय ८८ मत प्रात गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी
अनेरास्ववियुका पविन रानामनगरले १ सय ४३ मत प्राप्त गरे ।
त्यस्तै अनेरास्ववियु कान्तिकारीका कुशल कार्कीले ६ मत र समाजवादी विद्यार्थी युनियनका बद्रिनाथ गौतमले ३३ मत प्राप्त गरेका थिए ।
कोषाध्यक्षतर्फ नेविसंघका डिकबहादुर चुवान खत्री निरज विजयी भएका छन् । उनले १ सय ८३ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका विवेक बस्नेतले १ सय ६९ मत प्राप्त गरे । त्यस्तै अनेरास्ववियु कान्तिकारीका अंकित थापाले ९ मत प्राप्त गरे ।
त्यस्तै सदस्यहरूमा नेविसंघका मनोज निरौलाले २ सय २४ मत, मनिषा थापाले २ सय १३ मत, भीम बहादुर भण्डारी २ सय १२ मत, अस्मिता श्रेष्ठले २ सय ७ मत र शाहीद चुरौटेले २ सय ३ मत प्राप्त गर्दै विजयी भएका छन् ।
समानुपातिकतर्फ नेपाल विद्यार्थी संघले २ सय ४ मत प्राप्त गरेको छ । अनेरास्ववियुले १ सय १९ मत प्राप्त गरेको छ । त्यस्तै अनेरास्ववियु कान्तिकारीले १० र समाजवादी विद्यार्थी युनियनले २२ मत प्राप्त गरेका छन् ।
Discussion about this post