संखुवासभा : हत्या गरी फरार भएका अभियुक्त २० वर्षपछि पक्राउ परेका छन् ।
संखुवासभाको इलाका प्रहरी कार्यालय चैनपुरले व्यक्तिको हत्या गरेर २० वर्षदखि फरार रहेका एक जना अभियुक्तलाई पक्राउ गरेको हो ।
चैनपुर नगरपालिका–९ (साविकको बानेश्वर गाविस–६ खाम्लिङ)का ५१ वर्षीय चतुरमान तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
व्यक्तिको हत्यासँग सम्बन्धित कर्तव्य ज्यान मुद्दामा अदालतले दोषी ठहर गरे पनि फरार रहेका तामाङलाई गाउँघरमै लुकिछिपी बसिरहेको अवस्थामा २० वर्षपछि गत मंगलबार पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
तामाङलाई सजाय भुक्तानका लागि जिल्ला कारागार खाँदबारी चलान गरेको छ ।
तामाङले २०६१ साल चैत २२ गते भोजपुरको जरायोटारका ३६ वर्षीय पर्शुराम विकको हत्या गरेको प्रहरीले जनाएको छ । विकको हत्यापछि तामाङ फरार थिए ।
जिल्ला अदालत चैनपुरले उनलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै २० वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो ।
मुद्दाको फैसला २०६७ साल कात्तिक १७ गते भएको हो । तर,
सजाय भुक्तान नगरिकन तामाङ २० वर्षदेखि फरार थिए ।
Discussion about this post