इटहरी : इटहरीमा रहेको सेन्टर प्लाजामा आगलागी भएको छ ।
इटहरीको मुख्य चौकमै रहेको सेन्टर प्लाजामा आज (बुधबार) बिहान करिब ९ः३५ बजेतिर आगलागी भएको हो ।
आगलागीको कारणबारे खुलेको छैन ।
अहिले इटहरी उपमहानगरपालिकाको दुई वटा दमकलले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
इटहरीका व्यावसायी राजेश श्रेष्ठको उक्त प्लाजामा होटल बरन्डा रहेको थियो । उक्त होटलबाट नै आगो सल्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
आगलागी नियन्त्रणपछि घटनाबारे थप खुल्ने प्रहरीले जनाएको छ । अहिले नेपाल प्रहरी, नगर प्रहरीसहित स्थानीयबासीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।
Discussion about this post