धनकुटा : धनकुटाको शहिदभूमी गाउँपालिका १ स्थितबाट लागूऔषध गाँजा बोकेको अटो टेम्पोसहित ओसारपसारमा संलग्न चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय छिन्ताङबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को १ ह ९१३३ नम्बरको टेम्पोमा ७ वटा बोरामा लोड गरी लैजादैँ गरेको एक सय पाँच केजी गाँजा बरामद भएको हो ।
यससँगै टेम्पो र ओसारपसारमा संलग्न चालक शहिदभूमी १ का २५ वर्षीय अभिशेक बिकलाई पक्राउ गरेको छ ।
गाँजासहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट आवश्यक कारबाही तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post