इलाम : इलाममा १९ वर्षीया किशोरीको शव गाडिएको अवस्थामा फेला परेको छ ।
जिल्लाको फाकफोकथुम गाउँपालिका–३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेलको शव गाडिएको अवस्थामा फेला परेको हो र उनी १५ दिनयता हराइरहेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार कट्टेलको शव फाकफोकथुम गाउँपालिकाको गोलाइ भन्ने स्थानमा आज (शुक्रबार) फेला परेको हो ।
शव उत्खननपछि कानुनी प्रक्रिया पूरा गरेर अनुसन्धान अघि बढाइने सूचना अधिकारी राईले बताए । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा उनका श्रीमान उमेश गिरीलाई नियन्त्रणमा लिएको छ ।
देउमाई नगरपालिका जितपुर माइत भएकी कट्टेल महिला गएको अवस्थमा यही चैत १ गतेदेखि बेपत्ता थिइन् । हराएपछि उनका ससुरा कृष्णलाल गिरीले प्रहरीमा उजुरी दिएका थिए ।
खासगरी कट्टेल गर्भवती रहेको बताइएको छ ।
गर्भवती अवस्थामै उनको हत्या गरी शव गाडिएको हुनसक्ने भएकाले प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
Discussion about this post