इटहरी : पत्रकार सुरेश रजकको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग र प्रेस स्वतन्त्रता रक्षाको माग गर्दै नेपाल पत्रकार महासंघ सुनसरीले विरोध र्याली निकालेको छ ।
शनिबार इटहरी उपमहानगरपालिका अघिबाट सुरू भएको विरोध र्याली इटहरीको मुख्य चौक गरी पुनः पालिकाअघि नै आएर कोणसभा गरिएको थियो ।
शुक्रबार राजावादी भनिएकाहरूको आन्दोलनमा काठमाडौँको तीनकुनेमा रहेको एक भवनबाट भिडियो खिच्ने क्रममा एभिन्युज टेलिभिजनका क्यामेरापर्सन रजकको शव जलेको अवस्थामा भेटिएको थियो ।
पत्रकार रजकको हत्या भएको भन्दै महासंघले आक्रोश व्यक्त गर्दै दोषीलाई कडा कारबाहीको माग राखेको छ ।
साथै, पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार रजकप्रति श्रद्धाञ्जली अर्पणसँगै प्रेस स्वतन्त्रताको रक्षा गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।
Discussion about this post