Sunday, January 18, 2026
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

इलामका सीमावर्ती गाउँमा विद्यालय नभएपछि अभिभावक भन्छन् – ‘हामी त बच्चा पढाउन भारत जानुपर्छ’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख ३, २०८२
in विविध, समाचार
0
इलामका सीमावर्ती गाउँमा विद्यालय नभएपछि अभिभावक भन्छन् – ‘हामी त बच्चा पढाउन भारत जानुपर्छ’
62
SHARES
Share on FacebookShare on Twitter

इलाम : वैशाख लागेसँगै विद्यालयमा विद्यार्थी भर्ना अभियान चल्नुपर्ने हो । तर, देशभरका विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा छन् ।

सरकारले माग सम्बोधन गरेपछि शिक्षकहरु फर्केलान्, विद्यालय खुला र विद्यार्थीको भर्ना होला । तर, इलामका उत्तरी भेगका अभिभावकलाई त्यति पनि आशा छैन । आफ्नो ठाउँमा विद्यालय नै नभएपछि उनीहरूलाई आन्दोलनको चासोभन्दा पनि बाल बच्चा कहाँ पढाउने भन्ने चिन्ताले पिरोलेको छ ।

‘शिक्षकको आन्दोलन भन्छन्, शिक्षा ऐन भन्छन् । हामी त बच्चा पढाउन भारत जानुपर्छ’, माइजोगमाई गाउँपालिका–५ मेग्माकी नुमा शेर्पाले भने, ‘गाउँमा एउटा विद्यालय छैन । अर्काको देशमा बच्चा पढाउन पठाउँदाको पीर कसैले बुझेनन् ।’

उनी मात्रै होइन उत्तरी इलामका लेकाली भेगका अधिकांश अभिभावकले बालबच्चा भारतको विभिन्न विद्यालयमा पढाउनुपर्ने बाध्यता छ । यहाँका जौबारी, तुम्लिङ, मेग्मा, आलेभञ्ज्याङ, नुनथला, इङ्ला, गैरीबासलगायत गाउँका सबै बालबालिका भारतीय विद्यालय लैजानुपरेको छ ।

विद्यार्थी अभाव भएको भन्दै सामुदायिक विद्यालयहरु बन्द भएपछि भारतीय सीमावर्ती क्षेत्रका बालबालिका भारतमा पढ्न बाध्य छन् । पातलो बस्ती र जनघनत्व पनि कम भएको यी ठाउँमा केही वर्षयता विद्यालय नै बन्द भएपछि बालबालिकालाई प्राथमिक तहबाट पढाउन भारतीय क्षेत्रमा अभिभावक गएर बस्नुपर्ने बाध्यता भएको जौबारीका सोनाम शेर्पाले बताए ।

‘घरबाट धाएर पुर्‍याउँदा टाढा हुन्छ । गत सालदेखि आफू उतै कोठामा बसेर नातिनी पढाइरहेकी छु’, सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६९ वर्षीय निम लमुले भने ।

जौबारीको राष्ट्रिय प्राथमिक विद्यालय बन्द भएको आठ वर्ष भयो । कक्षा १ देखि ५ सम्म पढाइ हुँदै आएको उक्त विद्यालय विद्यार्थी अभावका नाममा २०७२ सालमा बन्द गरिएको थियो । ‘सीमा क्षेत्रका धेरै बालबालिकालाई भारतीय विद्यालयमा पढ्न पठाउन थालेपछि यहाँका विद्यालयमा विद्यार्थी अभाव भयो, उक्त विद्यालय ८० जनासम्म बालबालिका अध्ययन गर्न आउने गर्थे । त्यसपछि उक्त विद्यालय स्थापनाको कुनै पहल भएको छैन’, उनले भने ।

अहिले यस क्षेत्रबाट करिब १५ जना बालबालिका मानेभञ्ज्याङको रिब्स विद्यालयमा पढ्छन् । महिनाको भारु १८ देखि २० हजार खर्च हुने गरेको मानेभञ्ज्याङमा कोठा लिएर नानी पढाउन बसेकी डोमा शेर्पाले बतायन् ।

जौबारीको मात्रै होइन, माइजोगमाई–२ को मेग्मामा रहेको सरस्वती प्राथमिक विद्यालय, सन्दकपुर–५ कालपोखरीमा रहेको प्राथमिक विद्यालय, सन्दकपुर–५ को मजुवामा रहेको अर्को प्राथमिक विद्यालय बन्द भइसकेको राष्ट्रिय प्रावि जौबारीका पूर्वप्रधानाध्यापक पासाङ छिरिङ शेर्पाले जानकारी दिए ।

भारतीय विद्यालयमा आफ्ना नानीबाबु भर्ना गरेपछि नेपालतर्फका विद्यालय विद्यार्थी अभावकै कारण बन्द भएको जौबारीका थुक्तेन लामाले जानकारी दिए । यसरी विद्यार्थी भारत लैजाँदा पैसा त खर्च हुन्छ नै नेपालको राष्ट्रियता, स्वाभिमानजस्ता विषय नेपाली बालबालिकाले थाहा नपाउने लामाको दुखेसो छ ।

बन्द भएका विद्यालय जीर्ण बनिसकेका छन् । जौबारीको राष्ट्रिय प्राविमा भने एक वर्षअघि सशस्त्र प्रहरी बसेको थियो । उक्त विद्यालयमा बसेरै सशस्त्रले विद्यालय नजिकै आफ्नो भवन निर्माण गरेको छ । सीमा क्षेत्रमा विद्यालय सञ्चालन गर्न हालसम्म सरोकार भएका निकायले चासो देखाएका छैनन् ।

Tags: #राससइलाम
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

६ तस्बिरमा हेर्नुहोस् मकालु पदमार्ग
FEATURE BREAKING

६ तस्बिरमा हेर्नुहोस् मकालु पदमार्ग

by टाकुरा न्यूज । इटहरी
माघ ३, २०८२
0

तस्बिरमा मकालु पदमार्ग । हिमाली भू–दृश्य, वनजङ्गल र बस्ती जोड्दै यात्रुलाई प्रकृति र संस्कृतिको अनुपम अनुभूति गराउने मार्ग। तस्बिरहरू :...

विराटनगर क्रिकेट लिग : डाइनामिक विजयी
खेलकुद

विराटनगर क्रिकेट लिग : डाइनामिक विजयी

by गुरु ढकाल
माघ ३, २०८२
0

विराटनगर : नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग अन्तर्गत शनिबारको खेलमा डाइनामिक क्रिकेट एकेडेमीले विजयी भएको छ । ।...

झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

माघ ३, २०८२
सुनसरीमा ट्रक दुर्घटना हुँदा मृत्यु हुने पाँच जना कामदार यी हुन् (नामावलीसहित)

सुनसरी ट्रक दुर्घटना : मृतक पाँच परिवारलाई जनही १२ लाख राहत

माघ ३, २०८२
नेपालमै दुर्लभ मानिने मन्डारिन हाँसको जोडी तरहरा क्षेत्रमा (तस्बिरहरूसहित)

नेपालमै दुर्लभ मानिने मन्डारिन हाँसको जोडी तरहरा क्षेत्रमा (तस्बिरहरूसहित)

माघ ३, २०८२
रास्वपा बर्जुको नेतृत्वमा रिकेश चौधरी

रास्वपा बर्जुको नेतृत्वमा रिकेश चौधरी

माघ २, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

६ तस्बिरमा हेर्नुहोस् मकालु पदमार्ग

६ तस्बिरमा हेर्नुहोस् मकालु पदमार्ग

माघ ३, २०८२
विराटनगर क्रिकेट लिग : डाइनामिक विजयी

विराटनगर क्रिकेट लिग : डाइनामिक विजयी

माघ ३, २०८२
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

माघ ३, २०८२
सुनसरीमा ट्रक दुर्घटना हुँदा मृत्यु हुने पाँच जना कामदार यी हुन् (नामावलीसहित)

सुनसरी ट्रक दुर्घटना : मृतक पाँच परिवारलाई जनही १२ लाख राहत

माघ ३, २०८२



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    लागूऔषध : इटहरीका साहसहित ६ जना पक्राउ

    686 shares
    Share 274 Tweet 172
  • झुम्का कारागारबाट फरार इटहरीका अनिष पक्राउ

    457 shares
    Share 183 Tweet 114
  • साँझको भीडभाडमा ब्राउनसुगर कारोबारको प्रयास, इटहरीबाट एक युवक पक्राउ

    266 shares
    Share 106 Tweet 67
  • अन्तर्राष्ट्रिय प्रतियोगितामा तरहराका निशान शर्माको फोटो विश्वव्यापी दशौँ स्थानमा

    258 shares
    Share 103 Tweet 65
  • कवितामा अधारित रियालिटी सो सुरू, माघ ४ देखि प्रसारण

    173 shares
    Share 69 Tweet 43

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.