इटहरी : नेकपा (एमाले) विराटनगर महानगर कमिटीमा इतर पक्षको समूह नै निर्वाचित भएको छ ।
बिहीबार राति सम्पन्न महानगर समितिको निर्वाचनको अन्तिम मतपरिणामअनुसार अध्यक्षमा बलराम गिरी (नवीन) निर्वाचित भएका छन् ।
शुक्रबार बिहानका राति सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार प्रतिस्पर्धी प्रतिस्पर्धी रोहित कोइरालालाई ५२ मतान्तरले पराजित गर्दै गिरी अध्यक्षमा निर्वाचित भएका हुन् । गिरीले १ सय ७३ मत प्राप्त गर्दा कोइरालाले १ सय २१ मत प्राप्त गरे ।
महानगर उपाध्यक्षमा सुवासप्रसाद न्यौपाने (सुरज) १ सय ४५ मतसहित निर्वाचित भए । निकटतम् प्रतिद्वन्द्वी राम पोखरेलले १ सय ३६ मत प्राप्त गरे ।
सचिवमा विज्ञान शर्मा चापागाईं १ सय ८३ मतसहित विजयी हुँदा प्रतिस्पर्धी नवराज काफ्लेले १ सय ४ मत प्राप्त गरेका छन् ।
यसैगरी उपसचिवमा हमिद आजाद १ सय ७८ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी चन्द्रशेखर विश्वासले ९८ मत प्राप्त गरे ।
महिला उपसचिवमा १ सय ६९ मतसहित हिमा मैनाली पोखरेल निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी प्रेमकला डाँगी (कला)ले १ सय ११ मत प्राप्त गरिन् ।
एमाले विराटनगरको दोस्रो अधिवेशन पाञ्चालीस्थित पार्टी कार्यालयमा वैशाख २ गतेबाट सुरु भएको थियो । वैशाख ३ गते सम्म चल्ने भनिएको अधिवेशन एक दिन ढिला गरेर सम्पन्न भएको छ ।
अधिवेशनका लागि ३ सय १४ जना प्रतिनिधि रहेकामा बिहीबार राति मतदान सम्पन्न हुँदा ३ सय ८ मत खसेको थियो ।
नवनिर्वाचित गिरी विनोद ढकाल समूहका हुन् भने कोइराला पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् ।
खासगरी एमाले कोशी प्रदेश कमिटीको निर्वाचनमा पराजय बेहोरेपछि यहाँ ढकालले इतर पक्षको नेतृत्व गरिरहेका छन्।
Discussion about this post